― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
HomeLatest newsह्वीलचेयरमै बसेर गरे बन्जी जम्प (तस्वीरहरू) – KhabarHost

ह्वीलचेयरमै बसेर गरे बन्जी जम्प (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • सिन्धुपाल्चोकको झोलुङ्गे पुलबाट दिलिप सापकोटा र शिशिर दाहालले ह्वीलचियरसहित बन्जी जम्प गरेका छन्।
  • दिलिपले नेपालमा पहिलोपटक ह्वीलचियरबाट बन्जी जम्प गरेको दाबी गरेका छन् र समावेशी पर्यटन विकासको वकालत गरिरहेका छन्।
  • शिशिरले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरणा दिन ह्वीलचियरसहित बन्जी जम्प गरेको बताए।

१९ मंसिर, काभ्रेपलाञ्चोक । साहस र सामर्थ्यलाई अपाङ्गताले रोक्दैन भने झैं दुई जना अपाङ्गता भएका युवाहरूले ह्वीलचियरमै बसेर बन्जी जम्प गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ का दिलिप सापकोटा र सिन्धुली कमलामाई ५ का शिशिर दाहालले सिन्धुपाल्चोकको भोटेकेशी नदीमाथिको झोलुङ्गे पुलबाट ह्वीलचियरसँगै बन्जी जम्प गरेका हुन् ।

नेपालमै पहिलोपटक दाबी गरिएको बन्जी ऐतिहासिक भएको उनीहरूको दाबी छ । नेपालकै इतिहासमा ह्विलचियरमै बन्जी जम्प गर्ने आफू नै पहिलो व्यक्ति भएको दिलिपको दाबी छ ।

दुइमध्ये पहिले दिलिपले १६० मिटर उचाइमा रहेको झोलुङ्गे पुलमाथिबाट बन्जी जम्प गरे, लगत्तै शिशिर पनि बन्जी जम्पमा सफल भए ।

‘एउटा ऐतिहासिक छलाङ, नेपालको इतिहासमै पहिलोपटक ह्वीलचियरबाटै बन्जी गरें,’ उत्साह सहित दिलिपले भने, ‘यी खेलहरू केवल व्यक्तिगत साहसको प्रदर्शन मात्र होइनन् । म चाहन्छु, नेपालमा पहुँचयुक्त पर्यटन विकास होस्, र अपांगता भएका व्यक्तिहरूले पनि हाइकिङ, ट्रेकिङ, एडभेञ्चर गतिविधिहरूमा समान रूपमा सहभागी हुन पाऊन् । यही उद्देश्यले म निरन्तर नयाँनयाँ साहसिक गतिविधिहरूमा सहभागी हुँदै आएको छु, ताकि मेरो अनुभवले अन्य अपांगता भएका व्यक्तिहरूमा पनि आत्मविश्वास, हौसला र प्रेरणा जगाओस् ।’

शिशिरसँग पनि दिलिपकै जस्तो अनुभव छ । बन्जी जम्प रमाइलो अनुभव भएको अनलाइनखबरलाई बताए ।

‘मैले मेरो लागि अनुभव गर्न चाहन्थें । तर त्यो गरेको देखेर अरूलाई पनि प्रेरणा होस भनेर ह्वीलचियर सँगै बन्जी गरें,’ शिशिरले भने, ‘पुल हल्का हल्लियो, तर नदीमाथि त्यो क्षणमा पाउँदा इतिहास पहिलोपटक ह्विलचेयरमै बसेर गरिएको बन्जी सम्झन लायक रह्यो ।’

‘शिशिरले भने, ‘मैले यस्तो साहसिक खेलहरू पहिला नै गरेको थिए, तर यो पटक अपाङ्गता भएका अरू साथिहरूलाई नि उत्प्रेरणा मिलोस् र अपाङ्गता भएका व्यक्तीहरूलाई समाजले हेर्ने दृष्टिकोणमा केही परिवर्तन गर्न सकिन्छ की भनेर व्हिलचियरमै बन्जी गरेको हुँ ।’

मेरुदण्डमा समस्या आएर लामो समय हलचल गर्न नसक्ने गरि थलिएका दिलिप अहिले अपाङ्गमैत्रि स्कुटर र ह्विलचियरमा सयर गर्दै हजारौं अशक्तहरूको सशक्त आवाज बनीरहेका छन् ।

उनीजस्तै अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र उदाहरण बनिरहेका दिलिप साहसिक र सामाजिक दुवै काममा उत्तिकै सक्रिय छन् ।

दिलिप पहिलेदेखि पाराग्लाइडिङ, जिपलाइन, स्विङलगायतका साहसिक गतिविधिमा सहभागी हुँदै आएका थिए ।

दिलिप केवल साहसिक गतिविधिका उत्साही मात्र होइनन्, अपाङ्गताको बाबजुद पनि उनी समावेशी पर्यटन विकासका लागि ‘जुगल पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण मञ्च नेपाल’ का सचिवका रूपमा रहँदै निरन्तर वकालत र पैरवी गर्दै आएका छन् । नेपालका ट्रेक, मार्ग र पर्यटन सेवामा अपाङ्गता भएका व्यक्तिका लागि पहुँच बनाइनु नै अबको अनिवार्य एजेन्डा भएको उनको भनाइ छ ।

दिलिपलाई साहस भर्दैसँगै बन्जी जम्प गर्ने शिशिर भने मोटरसाइकल दुर्घटनाका कारण मेरुदण्ड पक्षघातको समस्या भोगिरहेका व्यक्ति हुन् ।

उनी ४ वर्षदेखि ह्विलचियर प्रयोग गरिरहेका छन् । शिशिर भक्तपुर कृषि नर्सरी सञ्चालन गरेर उदाहरण बनिरहेका छन् । नर्सरीसँगै ग्राफिक्स डिजाइन र सामाजिक सञ्जाल मार्केटिङ हुँदै विभिन्न खेलकुद तथा मनोरञ्जन विभागमा नेतृत्वसमेत सम्हालिरहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More