― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsसमय घर्किन लाग्दा पनि सात दलीय गठबन्धनमा जुटेन सहमति – KhabarHost

समय घर्किन लाग्दा पनि सात दलीय गठबन्धनमा जुटेन सहमति – KhabarHost


राष्ट्रिय

समाचार.

  • मधेश सरकारमा मुख्यमन्त्री दाबीका लागि सात दलीय गठबन्धनमा सहमति हुन सकेको छैन।
  • कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका जितेन्द्र सोनलले मुख्यमन्त्री दाबी गर्दै आएका छन्।
  • प्रदेश प्रमुखले मंसिर १९ गते साँझ ५ बजेसम्म दाबी पेस गर्ने समय तोकेको छ।

१९ मंसिर, जनकपुरधाम । मधेश सरकारमा दाबी पेश गर्न २ घण्टा समय मात्रै बाँकी रहँदासम्म समेत सादलीय गठबन्धनमा सहमति हुन सकेको छैन ।

सात दलीय गठबन्धनमा मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपा नेता जितेन्द्र सोनलले दाबी गर्दै आएका छन् ।

बिहीबार मध्यान्नदेखि अबेर साँझ ८ घण्टा बैठक चलेको थियो भने आज पनि बिहानैदेखि सात दलीय गठबन्धनको बैठक जारी छ । यादव र सोनलको अडानको कारण अहिलेसम्म सहमति हुन नसकेको एक प्रदेश सांसदले बताए ।

यद्यपि अबको २ घण्टाभित्र कुनै एक नाममा सहमति गर्ने प्रयास भइरहेको र त्यसअनुसार नै दाबी प्रस्तुत गर्ने ती सांसदको भनाइ छ ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले गत मंसिर १७ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कार्यालयले आज शुक्रबार ५ बजेसम्मको लागि दाबी पेसको समय दिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More