― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsच्यासलमा कार्यकर्ताबीच हात हालाहाल – KhabarHost

च्यासलमा कार्यकर्ताबीच हात हालाहाल – KhabarHost



१९ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको छ ।

आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए ।

उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए ।

सो क्रममा च्यासलमै भएको अर्को समूहसँग उनीहरूको हात हालाहाल भएको हो ।

एमालेको महाधिवेशन उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् ।

उक्त प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि जनाउँदै आदिवासी जनजाती लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरू च्यासल पुगेका थिए ।

सो क्रममा उनीहरूले चर्को स्वरमा डेढ वर्षसम्म विधि नमिलाइएको भन्दै आपत्ति जनाएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More