― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest newsप्रिमियर लिगमा हालान्डको कीर्तिमानी १०० गोल पूरा – KhabarHost

प्रिमियर लिगमा हालान्डको कीर्तिमानी १०० गोल पूरा – KhabarHost


राष्ट्रिय

समाचार.

  • म्यान्चेस्टर सिटीका एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा १११ खेलमै १०० गोल पूरा गरेका छन्।
  • हालान्डले फुलहमविरुद्धको खेलमा गोल गर्दै यो कीर्तिमान बनाएका हुन् र सिजनमा १५ गोलसहित शीर्ष स्कोरर बनेका छन्।
  • उनले सन् २०२२ अगस्टमा प्रिमियर लिग डेब्यू गरेका थिए र लगातार दुई सिजन गोल्डेन बुट जितेका छन्।

१७ मंसिर, काठमाडौं । म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् ।

उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ खेलमा १०० गोल गरेका थिए । हालान्डले १११ खेलमै १०० गोल पूरा गरेका हुन् ।

हालान्डले सन् २०२२ अगस्टमा वेस्ट ह्यामविरुद्ध दुई गोल गर्दै प्रिमियर लिगमा डेब्यू गरेका थिए । त्यसयता उनले निरन्तरजसो गोल गर्दै आएका छन् । २०२२/२३ मा ३६ र २०२३/२४ मा २७ गोल गर्दै लगातार दुई सिजन गोल्डेन बुट जितेका छन् ।

फुलहम पनि हालान्डका ‘मनपर्ने’ विपक्षीमध्ये एक बनेको छ । उनले फुलहमविरुद्ध सात गोल गरिसकेका छन् । वुल्भ्सविरुद्ध १०, वेस्ट ह्यामविरुद्ध ९ र म्यान्चेस्टर युनाइटेडविरुद्ध ८ गोल छन् ।

यस सिजन पनि हालान्ड १५ गोलसहित शीर्ष स्कोरर बनेका छन् । क्लब र देशका सबै प्रतियोगिता मिलाएर उनले २३ खेलमा ३२ गोल गरिसकेका छन् ।

यसअघि सेप्टेम्बरमा उनी च्याम्पियन्स लिगका ५० गोल पुर्‍याउने सबैभन्दा छिटो खेलाडी पनि बनेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More