― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest news९ गोल भएको खेलमा सिटीले फुलहमलाई हरायो – KhabarHost

९ गोल भएको खेलमा सिटीले फुलहमलाई हरायो – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फुलहमलाई ५-४ गोलअन्तरले पराजित गरेको छ।
  • फिल फोडेनले दुई गोल गरे भने एर्लिङ हालान्डले प्रिमियर लिगमा १००औं गोल पूरा गरे।
  • सिटीले १४ खेलमा २८ अंक जोडेको छ भने फुलहम १५औं स्थानमा छ।

१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो ।

सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो ।

फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी र एलेक्स इवोबीले १-१ गोल गरे ।

खेलमा सुरुवाती अग्रता सिटीले लिएको थियो । १७औं मिनेटमा हालान्डले गोल गर्दै प्रिमियर लिगमा १००औं गोल पूरा गरे । उनी सबैभन्दा छिटो १०० गोल पूरा गर्ने खेलाडी समेत बने ।

यस्तै ३७औं मिनेटमा रेइन्डर्सले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा फोडेनले गोल थपे । स्मिथ रोवीले इन्जुरी समयमा गोल फर्काएपछि सिटी पहिलो हाफमा ३-१ ले अगाडि रह्यो ।

दोस्रो हाफको ४८औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरे । सिटी ४-१ ले अगाडि बढ्यो । ५४औं मिनेटमा सान्डर बर्जबाट आत्मघाती गोल भएपछि सिटीको अग्रता ५-१ को भयो ।

त्यसपछि फुलहमले ३ गोल थप्यो । ५७औं मिनेटमा इवोबीले गोल गरे भने ७२औं र ७८औं मिनेटमा चुकुजेले गोल गरेपछि फुलहमले खेललाई ५-४ को अवस्थामा पुर्याएको भएपनि जित वा बराबरीका भने गर्न सकेन ।

जितपछि दोस्रो स्थानको सिटीको १४ खेलमा २८ अंक भएको छ । १४ खेलमा १७ अंक भएको फुलहम १५औं स्थानमा छ ।

गएराति नै भएको अन्य खेलमा न्युकासल र टोटनहमले २-२ गोलको बराबरी खेल्दा एभर्टनले बर्नमाउथलाई १-० ले पराजित गर्‍यो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More