राष्ट्रिय
समाचार.
- अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा सहमति जनाएका छन् र राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीच भेट हुने सम्भावना छ।
- युक्रेनका सुरक्षा प्रमुखले राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमण यसै महिनामा हुने र सम्झौता अन्तिम चरणमा पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
- रूस र युक्रेनबीच हवाई आक्रमण जारी छ, किवमा रुसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको छ र ड्निप्रोभ्स्की जिल्लामा आगलागीबाट १८ जनालाई उद्धार गरिएको छ।
९ मंसिर, काठमाडौं। युद्ध रोक्न अमेरिका र युक्रेनले १९ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएपछि विरोध सुरू भएको थियो। त्यसपछि भने अमेरिकी र युक्रेनी अधिकारीले हालै जेनेभामा छलफल गरेर १९ बुँदे मस्यौदा तयार गरिएको युक्रेनका प्रथम उप–विदेश मन्त्री सर्गई किस्लित्स्याको फाइनान्सियल टाइम्सले जनाएको छ ।
यस्तै युक्रेनका सुरक्षा प्रमुखले पनि युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासको क्रममा यस महिनामै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अमेरिका भ्रमण सबैभन्दा उपयुक्त मितिमा हुने बीबीसीले लेखेको छ ।
एक अमेरिकी अधिकारीले बीबीसीलाई भनेका छन्, ‘ युक्रेनले शान्ति सम्झौतामा सहमति जनाइसकेको छ, यद्यपि केही साना विवरणहरू अझै समाधान हुन बाँकी छ। उपर्युक्त मितिमा राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेट भइ युद्धको अन्त्य हुनेछ ‘
किवले यसबारे कुनै टिप्पणी गरेको छैन, र ह्वाइट हाउसले ट्रम्प–जेलेन्स्की वार्ताको सम्भावनाबारे पुष्टि गरेको छैन।
यसैबीच, अमेरिकाले आफ्ना अधिकारीहरू अबुधाबीमा रूसी प्रतिनिधिसँग भेट गर्न लागेको पुष्टि गरेको छ। तर लडाइँ भने जारी छ। र रूस तथा युक्रेनले रातभरि एकअर्कामाथि हवाई आक्रमण गरेका छन्।
किवका अधिकारीहरूले शहरमा भएका रुसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको बताएका छन् भने रुसी अधिकारीहरूले रोस्तोभ क्षेत्रमा युक्रेनका आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाएका छन्।
युक्रेनका राष्ट्रिय सुरक्षा प्रमुख रुस्तेम उमेरोभले आफ्नो टोलीले यो महिनामै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘सम्झौता अन्तिम चरणमा पुर्याउन’ जेलेन्स्कीको अमेरिका भ्रमण छिटोभन्दा छिटो गराउने अपेक्षा रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अमेरिकी र युक्रेनी प्रतिनिधिमण्डलहरूले आइतबार जिनेभामा भएको भेटमा शान्ति योजनाका मुख्य शर्तहरूबारे समान बुझाइ बनाइसकेका छौं।’
तर, अमेरिकाले तयारको गरेको मस्यौदाबारे किव र युरोपका नेताहरूले भने आलोचना गरेका थिए, किनकि उनीहरूको भनाइमा त्यो योजना रूसतर्फ धेरै झुकेको आरोप लगाएको छ ।
यता, युक्रेन राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको विवादास्पद २८ बुँदे शान्ति योजनामा गरिएका यी प्रस्तावित संशोधनहरूको स्वागत गरेका छन्।
उनले भनेका छन्, ‘अब युद्ध अन्त्य गर्न आवश्यक कदमहरूको सूची व्यावहारिक बन्न सक्छ। धेरै सही तत्वहरूलाई नयाँ ढाँचामा समावेश गरिएको छ।’
एक क्रेमलिन अधिकारीले यी संशोधनहरूलाई पूर्ण रूपमा गैर-रचनात्मक भनेका छन्। तर आजै एक अमेरिकी अधिकारीले भने उक्त योजनाबारे थप छलफल गर्न अमेरिकी टोली अबुधाबीमा रूसी प्रतिनिधिसँग भेट गर्ने बताए ।
युक्रेनका युरोपेली सहयोगीहरूको ‘भर्चुअल कोअलिशन अफ द विलिङ’ बैठक पनि मंगलबार नै बस्ने बताइएको छ, बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले बताएका छन्।
किवका सैनिक प्रशासन प्रमुख तिमुर त्काचेंकोका अनुसार ड्निप्रोभ्स्की जिल्लामा रहेको एक उच्च-आवासीय भवनमा आगलागी भई नागरिकहरूलाई तत्कालै बाहिर निकाल्नु परेको थियो।
घटनास्थलमा रहेका उद्धारकर्मीहरूले तीन बच्चासहित १८ जनालाई बचाएको र आगो नियन्त्रणमा आएपछि पनि सम्भावित पीडित खोजी जारी रहेको बताएका छन्।
शहरको पेचेर्स्क जिल्लाको अर्को उच्च-आवासीय भवन पनि आक्रमणपछि आगो लागेर क्षतिग्रस्त भएको किवका मेयर भिताली क्लिच्कोले जानकारी दिए।
उनका अनुसार भवनका माथिल्ला तलामा क्षति पुगेको भए पनि आगो निभाइएको छ।
किवभरि ठूलो धमाका सुनेपछि युक्रेनी हवाई प्रतिरक्षा इकाइहरूले प्रतिकार गरेको र नागरिकहरूलाई भूमिगत पार्किङ स्थल तथा बंकरमा शरण लिन आग्रह गरेको थियो।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

