― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest newsलुम्बिनी लायन्सलाई हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित

लुम्बिनी लायन्सलाई हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित



९ मंसिर, काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ ।

मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।
लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो ।

लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि पर्याप्त भएन ।

बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई/दुई तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान विकेट लिए ।

काठमान्डु र लुम्बिनीबीचोको खेलका थप तस्वीरहरू :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More