― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest news२५ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस साताव्यापी रूपमा मनाइँदै

२५ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस साताव्यापी रूपमा मनाइँदै


राष्ट्रिय

समाचार.

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ देखि ७ पुससम्म साताव्यापी रूपमा २५ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने निर्णय गरेको छ।
  • यस वर्षको दिवसको राष्ट्रिय नारा ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ तय गरिएको छ।
  • दिवसको अवसरमा सामाजिक सञ्जाल सन्देश, रक्तदान, स्वास्थ्य शिविर, वाकाथन, अन्तरक्रिया र बादविवाद प्रतियोगिता लगायत कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

१ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साताव्यापी रूपमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने भएको छ । ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने नारासहित २५ औं आप्रवासन दिवस साताव्यापी रूपमा मनाउन लागिएको हो ।

हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन विश्वभर मनाइने यो दिवसको नेपालमा यो पटक पुस १ गतेदेखि ७ गतेसम्म मनाइने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरी पुस्करले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित गर्न यो वर्ष विशेष कार्यक्रम गरेर मनाउन लागेको बताए ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘आप्रवासीहरूको योगदानको सम्मान र उनीहरूको अधिकारको संरक्षण’ रहेको छ । सोही आधारमा नेपालले राष्ट्रिय नारा तय गरेको हो ।

उक्त नारामार्फत श्रम आप्रवासनको सम्पूर्ण चक्रमा सुशासन कायम गर्ने, श्रमिकको योगदानको उच्च कदर गर्ने तथा उनीहरूको अधिकार संरक्षण गर्दै रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने लक्ष्य लिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका प्रवक्ता सह–सचिव पिताम्बर घिमिरेको संयोजकत्वमा मूल समारोह कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ ।

दिवसको अवसरमा नेपाली नियोगहरू, प्रदेश र स्थानीय तहले विभिन्न सचेतनामूलक, अन्तरक्रियात्मक तथा सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रवक्ता घिमिरेले बताए ।

हप्ताभरमा सचिवस्तरीय सन्देशहरू सामाजिक सञ्जालमार्फत प्रवाह गरिनुका साथै पत्रकारहरूसँग अन्तरक्रिया, रक्तदान तथा स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता, वाकाथन, अन्तरक्रिया कार्यक्रम वादविवाद प्रतियोगिता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्देशमूलक सामग्री वितरणलगायत विविध कार्यक्रमहरू सञ्चालन गरिने  घिमिरेले बताए ।

साताव्यापी दिवसका गतिविधि 

आजदेखि सुरु हुने दिवस पुस ७ गते सकिने मन्त्रालयले जनाएको छ । त्यो अवधिभरमा देश तथा विदेशमा समेत विभिन्न कार्यक्रम गर्न लागिएको हो । संघ, प्रदेश, स्थानीय तह तथा सरोकारवाला निकायले दिवसको अवसरमा विभिन्न कार्यक्रम राख्ने मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिकम र एनसेलमा कलर रिङ ब्याकमा मूल नारासहितको सन्देश प्रसारण गरिनेछ । त्यस्तै फुटसल, बानेश्वरदेखि बसन्तपुरसम्म वाकाथन, आप्रवासनको व्यवस्थापन तथा पुनएकीकरणका चुनौतीहरू विषयमा अन्तरक्रिया, बादविवाद प्रतियोगिता, वैदेशिक रोजगारीमा जाने कामदारको अधिकार र श्रम अधिकार विषयमा अन्तरक्रिया, निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान लगायत कार्यक्रम  छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More