― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest news१ हजार राजस्व संकलन गर्न ३.०५ रुपैयाँ खर्च – KhabarHost

१ हजार राजस्व संकलन गर्न ३.०५ रुपैयाँ खर्च – KhabarHost


राष्ट्रिय

समाचार.

  • सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा प्रतिहजार आन्तरिक राजस्व संकलन गर्न ३.०५ रुपैयाँ खर्च गरेको छ।
  • आन्तरिक राजस्व विभागले २०८१/८२ मा ५ खर्ब ८३ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ८३.२२ प्रतिशत हो।
  • ठूला करदाता कार्यालयले लक्ष्यको ७७.०१ प्रतिशत, मध्यम स्तरीय करदाता कार्यालयले ७६.३ प्रतिशत राजस्व संकलन गरेका छन्।

२६ मंसिर, काठमाडौं । सरकारले प्रतिहजार आन्तरिक राजस्व संकलन गर्न ३.०५ रुपैयाँ खर्च हुने गरेको देखिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को संकलित राजस्व र आन्तरिक राजस्व विभागको कुल खर्च गणना गर्दा यस्तो देखिएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार गत आव अघिल्लो आव २०८०/८१ को तुलनामा राजस्व संकलन लागत केही किफायती बनेको छ । त्यसबेला प्रतिहजार राजस्व संकलनको लागत ३.८४ रुपैयाँ रहेको थियो ।

सामान्यतया राजस्व संकलन वृद्धि भएको वर्ष लागत किफायती देखिन्छ । २०८१/८२ मा आन्तरिक राजस्व ५ खर्ब ८३ अर्ब ८२ करोड बराबर संकलन भएको थियो । त्यस वर्ष विभागको चालु प्रकृतिको खर्च २ अर्ब ८० करोड थियो ।

आव २०८०/८१ मा विभागले ५ खर्ब ३३ अर्ब ३ करोड राजस्व संकलन गरेको थियो । त्यस आव विभागको खर्च २ अर्ब ५ करोड थियो । यस वर्ष अघिल्लो आवको तुलनामा राजस्व संकलन ९.५२ प्रतिशतले बढेको थियो ।

राजस्व संकलन वृद्धिदर सुस्त, लागत निरन्तर बढ्दै

पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा आन्तरिक राजस्व वृद्धिदर सुस्त छ । सोहीकारण राजस्व संकलन लागत भने निरन्तर बढ्दो क्रममा देखिन्छ ।

आव २०७७/७८ मा ४ खर्ब २९ अर्ब आन्तरिक राजस्व संकलन भएको थियो । त्यसबेला विभागले १ अर्ब ६९ करोडमात्र खर्च गरेको थियो । त्यसको ५ वर्षपछि अर्थात् २०८१/८२ मा राजस्व ५ खर्ब ८३ अर्ब ८२ करोडमात्र पुगेको छ ।

विभागको खर्च भने २ अर्ब ८० करोड पुगिसकेको छ । २०७८/७९ मा ४ खर्ब ८३ अर्ब राजस्व संकलन भएको थियो । त्यस वर्ष विभागको खर्च घटेर २ अर्ब १७ करोडमात्र भएको थियो । त्यसबेला  प्रतिहजार राजस्व संकलन लागत २.२३ रुपैयाँमा झरेको थियो । त्यसयता भने लागत बढ्दो क्रममा छ ।

लक्ष्य अनुसार राजस्व नउठ्दा देखिन्छ बढी लागत

गत आव २०८१/८२ मा सरकारले आन्तरिक राजस्व ७ खर्ब १ अर्ब ५३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । संकलन ५ खर्ब ८३ अर्ब ८२ करोडमात्र भयो । जुन लक्ष्यको ८३.२२ प्रतिशत हो ।

सरकारले राखेको लक्ष्य अनुसार राजस्व संकलन नहुँदा प्रतिहजार राजस्व लागत समेत बढी हुन गएको देखिन्छ । विभागका लागि सरकारले विनियोजन गरेको खर्च सामान्यतया खर्च हुन्छ । तर, राजस्व कम संकलन हुँदा लागत बढी देखिएको हो ।

विभाग मातहत कुन निकायले लक्ष्यको कति गरे संकलन ?

गत आव ठूला करदाता कार्यालयले लक्ष्यको ७७.०१ प्रतिशत राजस्व संकलन गर्न सकेको थियो । ठूला करदाता कार्यालयलाई ३ खर्ब ८ अर्ब रुपैयाँ संकलन लक्ष्य तोकिएको थियो । संकलन २ खर्ब ३७ अर्बमात्र गरेको छ । यद्यपि, यो संकलन कुल आन्तरिक राजस्वको ४०.६९ प्रतिशत हिस्सा हो ।

त्यस्तै मध्यम स्तरीय करदाता कार्यालयले लक्ष्यको ७६.३ प्रतिशत राजस्व उठाउन सकेको थियो । योे कार्यालयलाई २४ अर्ब १३ करोड राजस्व संकलन लक्ष्य दिइएकोमा १८ अर्ब ४१ करोडमात्र संकलन भएको छ । जुन कुल असुलीको ३.१५ प्रतिशतमात्र हो ।

आन्तरिक राजस्व कार्यालयहरूलाई ३ खर्ब ४२ अर्बको लक्ष्य दिइएको थियो । संकलन ३ खर्ब ५ अर्ब बराबर भएको छ । यो लक्ष्यको ८९.३० प्रतिशत हो । यो कुल असुलीको भने ५२.४१ प्रतिशत हो ।

त्यस्तै करदाता सेवा कार्यालयहरूलाई २६ अर्ब २६ करोडको लक्ष्य दिइएकोमा २१ अर्ब ८५ करोड संकलन गरेका थिए । जुन लक्ष्यको ८३.१८ प्रतिशत हो । कुल असुलीको ३.७५ प्रतिशत यी कार्यालयबाट उठेको राजस्वको छ ।

आन्तरिक राजस्व कार्यालयमध्ये लक्ष्यमा सबैभन्दा धेरै असुली वीरगञ्जले १०८.५ प्रतिशत गरेको देखिन्छ । जनकपुरले १००.४ प्रतिशत असुली गरेको छ ।

लक्ष्य अनुसार राजस्व संकलन नहुनुको कारण के ?

आन्तरिक राजस्व विभागका अनुसार व्यक्तिगत आयकरको योगदान कुल राजस्व संकलनमा उल्लेखनीय हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।

यद्यपि, यसको हिस्सा क्रमश: बढ्दो क्रममा रहेको विभागको विश्लेषण छ । मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ विगत वर्षको तुलनामा २०८१/८२ मा १२.८९ प्रतिशतको वृद्धि छ ।

भ्याटको प्रभावकारी कार्यान्वयनका लागि सरकारले लक्ष्य अनुसार पूँजीगत खर्च गर्न नसक्नु, न्यून बिजकीकरण र बिल लिने र दिने बानीमा परिवर्तन ल्याउन नसक्नुलाई विभागले मुख्य कारण मानेको छ ।

यसका साथै कर कानुन परिपालनामा जोड दिन नसक्नु, नन फाइनलर र निरन्तर क्रेडिट विवरण पेस गर्ने प्रवृत्ति न्यूनीकरण गर्न नसक्नुलाई समेत अन्त:शुल्क संकलन १८.९४ प्रतिशतले बढेको छ । अन्त:शुल्क प्रशासन कार्यप्रणाली र कार्यविधि अझै पनि स्वचालित हुनु नसक्नुलाई विभागले कमजोरी स्वीकार गरेको छ ।

यसलाई आधुनिकीकरण गर्दै पूर्ण स्वचालित रूपमा प्रयोगमा लैजाने प्रक्रिया सम्पन्न भएपछि अन्त:शुल्कको प्रणालीगत सुधार हुने र चुहावट नियन्त्रण हुन गई राजस्व संकलनमा समेत यसको योगदान बढ्ने आन्तरिक राजस्व विभागको विश्वास छ ।





Read More