― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsदुई दिनमै सकिएको टेस्टपछि मेलबर्न क्रिकेट मैदानलाई आईसीसीको कारबाही

दुई दिनमै सकिएको टेस्टपछि मेलबर्न क्रिकेट मैदानलाई आईसीसीको कारबाही


राष्ट्रिय

समाचार.

  • आईसीसीले मेलबर्न क्रिकेट ग्राउन्डको चौथो एसेज टेस्ट पिचलाई ‘सन्तोषजनक नभएको’ भन्दै चेतावनी दिएको छ।
  • आईसीसीका म्याच रेफ्री जेफ क्रोले पिच बलरका लागि अत्यधिक अनुकूल भएको र ब्याटरले अर्धशतकसमेत बनाउन नसकेको बताएका छन्।
  • मेलबर्नलाई एक डिमेरिट अंक दिइएको छ, जुन पाँच वर्षसम्म रेकर्डमा रहनेछ र थप पाँच अंक पाएमा अन्तर्राष्ट्रिय खेल आयोजना प्रतिबन्ध लाग्नेछ।

१४ पुस, काठमाडौं । अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेज सिरिजअन्तर्गत चौथो टेस्ट खेल दुई दिनमै सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मेलबर्न क्रिकेट ग्राउन्डलाई चेतावनी दिएको छ। उक्त खेलमा प्रयोग गरिएको पिचलाई आईसीसीले ‘सन्तोषजनक नभएको’ भनेर मूल्याकंन गरेको छ।

आईसीसीका म्याच रेफ्री जेफ क्रोले पिच बलरका लागि अत्यधिक अनुकूल भएको बताएका छन्। खेलको पहिलो दिन २० विकेट र दोस्रो दिन १६ विकेट खसेका थिए भने कुनै पनि ब्याटरले अर्धशतकसमेत बनाउन सकेनन्। यही कारण पिचले ब्याट र बलबीचको सन्तुलन दिन नसकेको आईसीसीको निष्कर्ष छ।

यस मूल्याङ्कनपछि मैदानलाई एक डिमेरिट अंक दिइएको छ, जुन पाँच वर्षसम्म रेकर्डमा रहनेछ। आगामी पाँच वर्षमा थप पाँच अंक पाएमा मात्रै मैदानलाई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न प्रतिबन्ध लाग्नेछ। त्यसैले यो निर्णयलाई सामान्य चेतावनीका रूपमा लिइएको छ।

यो पिच हालको आईसीसी प्रणालीअनुसार अस्ट्रेलियामा बनेको सबैभन्दा खराब टेस्ट पिच मानिएको छ। यसअघि सन् २०१७–१८ को एसेज टेस्टमा पनि मेलबर्नलाई खराब पिचको मूल्याङ्कन गरिएको थियो। तर पछिल्ला तीन बक्सिङ डे टेस्टका पिच भने ‘धेरै राम्रो’ भनेर मूल्याङ्कन भएका थिए।

यसबीच अस्ट्रेलियाका मुख्य प्रशिक्षक एन्ड्र्यु म्याकडोनाल्डले मैदानका क्युरेटर म्याट पेज को बचाउ गरेका छन्। उनले पेज उत्कृष्ट क्युरेटर भएको भन्दै कहिलेकाहीँ यस्तो अवस्था आउन सक्ने बताएका छन्। २०१७ को अत्यन्तै फ्ल्याट पिच दोहोरिन नदिन गरिएको प्रयासको सन्दर्भमा यो पिचलाई बुझ्नुपर्ने उनको भनाइ छ।

क्रिकेट अस्ट्रेलियाका अधिकारीहरूले पनि पिचले ब्याट र बलबीचको सन्तुलन दिन नसकेको स्वीकार गरेका छन्। तर भविष्यमा मेलबर्नमा हुने न्युजिल्यान्डविरुद्धको बक्सिङ डे टेस्ट र २०२७ मा हुने १५०औं वार्षिकोत्सव टेस्ट उत्कृष्ट हुनेमा विश्वस्त रहेको बताएका छन्।

आईसीसीले दुई वर्षअघि पिच मूल्याङ्कन प्रणाली परिवर्तन गरेपछि अस्ट्रेलियामा खेलिएको कुनै पनि अन्तर्राष्ट्रिय खेलको पिच यसभन्दा तलको स्तरमा मूल्याङ्कन भएको थिएन। यही कारण यो निर्णय अस्ट्रेलियाली क्रिकेटका लागि महत्वपूर्ण मानिएको छ।





Read More