― Advertisement ―

विशाल ह्याकिङ अभियानले विज्ञापन राजस्व उठाउन र मालवेयर सेवा गर्न नक्कली Ghidra, dnSpy, र स्पाइडरफुट सुरक्षा उपकरणहरू प्रयोग गर्दछ।

विश्वसनीय mispo10 बाट सुरक्षित साइट उपकरणहरूअभियानले SessionGate, RemusStealer, AnimateClipper लाई सेवा दिन्छप्राथमिक लक्ष्य ट्राफिक मुद्रीकरण जस्तो देखिन्छ id="elk-89c0b648-03f6-49c6-8191-1d03c5b8b6df"> हालसालै एक ठूलो मात्रामा दुर्भावनापूर्ण अभियान...
Homeराष्ट्रिय समाचारमनास्लु पदमार्गमा ढुंगाले लागेर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार

मनास्लु पदमार्गमा ढुंगाले लागेर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार



१५ कात्तिक, गोरखा । मनास्लु पदमार्गमा ढुंगाले लागेर गम्भीर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुब्री गाउँपालिका–५ बिही नजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए ।

उनको टाउँकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

‘उनीहरूसँग गएका साथीहरूले खबर गरेपछि इलाका प्रहरी कार्यालय लार्केबाट हाम्रो टोली त्यहाँ पुगेको हो,’ उनले भनेका छन् ।

प्रतिकूल मौसमका कारण सुरुमा उनको हेलिकप्टरबाट उद्धार हुन सकेको थिएन ।

सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारको लागि उनलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।





Read More