― Advertisement ―

युक्रेनको सानो 25g ड्रोन एन्टेनाले रणभूमि प्रणालीहरूलाई धेरै रेडियो फ्रिक्वेन्सीहरूमा आश्चर्यजनक संचार बढावा दिन सक्छ।

नयाँ कम्प्लेक्सको लागि हामी पर्याप्त छौँ। प्लेटफार्महरूBlueBird Tech CLOVER ले ड्रोन, निगरानी उपकरण, र ग्राउन्ड रोबोटहरू सेवा गर्न सक्छएन्टेनाले आधुनिक FPV प्रणालीहरूद्वारा व्यापक रूपमा...
HomeLatest newsस्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपटक विज्ञापन गर्दा पनि आवेदन परेन

स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपटक विज्ञापन गर्दा पनि आवेदन परेन



१९ मंसिर, काठमाडौं । कैलालीको गेटामा रहेको नेपालकै पहिलो दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दुईपल्ट विज्ञापन गर्दा पनि कसैको आवेदन परेको छैन ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी दिएका हुन् ।

‘सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदको लागि दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन,’ मन्त्री पुनले लेखेका छन् ।

उनले उपकुलपतिका लागि १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा. भई काम गरेको इच्छुक व्यक्तिलाई विश्वविद्यालयको नेतृत्व लिन सार्वजनिक आह्वान पनि गरेका छन् ।

‘मातृभूमिलाई योगदान दिने उद्देश्यले १० वर्ष स्वास्थ्य सेवामा प्रा.डा. भई काम गरेको नेपाल आमाको कोही देशभक्त सन्तान हुनुहुन्छ भने आउनुहोस् वा मलाई नै सम्पर्क गर्नुहोस्,’ मन्त्री पुनले भनेका छन् ।

कैलालीको गेटामा २०७३ सालमा झन्डै ८ अर्ब ११ करोडको लागत अनुमानमा मेडिकल कलेज निर्माण सुरु भएको थियो । तर त्यहाँ बनाइएका भव्य भवनहरु प्रयोगविहीन भएका थिए ।

त्यसै भवनमा सरकारले देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चाललन गर्ने निर्णय गरेको थियो । त्यस सम्बन्धी विधेयक गत जेठ महिनामा संघीय संसदबाट पास भइसकेको छ भने आर्थिक वर्ष २०८२/८३ को बजेटमा पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More