― Advertisement ―

Best Buy’s Ultimate Upgrade सेल चाँडै समाप्त हुन्छ — यहाँ मैले टिभी, ल्यापटप, हेडफोन र थपमा किन्न सक्ने २३ उत्कृष्ट डिलहरू छन्।

Best Buy ले गत हप्तादेखि आफ्नो Ultimate Upgrade Sale चलाउँदै आएको छ, जसले TV, ल्यापटप, पुराना सामानहरू र थप केही उत्पादनहरूमा तपाईंको व्यापार गर्दा...
HomeLatest newsमहोत्तरीमा १२ कठ्ठा खेतको धानमा आगजनी – KhabarHost

महोत्तरीमा १२ कठ्ठा खेतको धानमा आगजनी – KhabarHost



१९ मंसिर, जनकपुरधाम । महोत्तरीमा दाइँ गर्न तयार पारेर राखिएको १२ कठ्ठाको धानमा आगजनी भएको छ ।

महोत्तरीको भंगाहा नगरपालिका वडा नं ९ हरिनमरीका किशोरी यादवको धान अज्ञात व्यक्तिले जलाइदिएका हुन् ।

खडेरीको बेला पनि अत्यन्त मिहिनेत गरेर फलाएको धान दाइँ गरेर भित्राउने बेला आगजनी भएपछि यादव परिवार मर्माहत भएको छ ।

परिवारका सदस्यहरुले १२ कठ्ठा खेतमा फलेको धान काटेर दाइँ हाल्न ठिक्क पारेका थिए । ट्याक्टरवालाले आज दिउँसो दाइँ गरिदिने समय दिएको थियो ।

तर घरपरिवार बिहानै उठेर खेतमा जाँदा धान नै जलेर खरानी भएको अवस्थामा देखेको पीडित यादवले बताए ।

कसैले रिसिबीले आफ्नो धान जलाएर नष्ट गरेको हुनसक्ने पीडित यादवले बताए । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाएर कडा कारबाही गर्न उनले माग गरेका छन् ।





Read More