― Advertisement ―

युक्रेनले अमेरिकाको अफ-द-सेल्फ ड्रोनहरू युद्धक्षेत्रको आविष्कार दौडको रूपमा सैन्य खरिद अघि छिटो अप्रचलित हुन सक्छ

प्रणालीमा परिमार्जित युक्रेनले मानक आउट भन्छ लडाई।एआई-सहयोगित ड्रोनहरू सयौं किलोमिटर टाढाको लक्ष्यमा पुगिरहेका छन्।इलेक्ट्रोनिक युद्धले ड्रोन सञ्चार प्रणालीमा निरन्तर परिवर्तन गर्न बाध्य पार्छ।युक्रेनले विस्तार...
HomeLatest newsस्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान – KhabarHost

स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अधिवक्ता स्वागत नेपाललाई प्रहरीले भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोमा करिब ६ घण्टा बयान लिएको छ।
  • प्रहरीले नेपाललाई साइबर अपराधको आरोपमा सोधपुछ गरेको छ तर प्रकृतिको उजुरी खुलाएको छैन।
  • नेपालले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाइएको दाबी गरेका छन्।

१० कात्तिक, काठमाडौं । अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ ।

ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।

‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले अनलाइनखबरसँग भने ।

एसपी अवस्थीका अनुसार आज बिदा परेकाले भोलि (मंगलबार) थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।

नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर कसुर भने पनि प्रहरीले कस्तो प्रकृतिको उजुरी भन्नेबारे केही खुलाएको छैन ।

यता अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाइएको दाबी गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More