― Advertisement ―

युक्रेनले अमेरिकाको अफ-द-सेल्फ ड्रोनहरू युद्धक्षेत्रको आविष्कार दौडको रूपमा सैन्य खरिद अघि छिटो अप्रचलित हुन सक्छ

प्रणालीमा परिमार्जित युक्रेनले मानक आउट भन्छ लडाई।एआई-सहयोगित ड्रोनहरू सयौं किलोमिटर टाढाको लक्ष्यमा पुगिरहेका छन्।इलेक्ट्रोनिक युद्धले ड्रोन सञ्चार प्रणालीमा निरन्तर परिवर्तन गर्न बाध्य पार्छ।युक्रेनले विस्तार...
HomeLatest news‘नेपथ्य’ ले तीन जापानी सहरमा प्रस्तुति दिने – KhabarHost

‘नेपथ्य’ ले तीन जापानी सहरमा प्रस्तुति दिने – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • लोकप्रिय लोकगायक ब्याण्ड नेपथ्यले नोभेम्बर महिनाको दोस्रो सातादेखदेखि अन्तिमसम्म जापानमा सांगीतिक टूर गर्ने घोषणा गरेको छ।
  • नेपथ्यले १३ नोभेम्बर नागोया, १८ नोभेम्बर टोकियो र २४ नोभेम्बर ओसाका शहरमा प्रस्तुति दिनेछ।
  • ब्याण्डका सदस्यहरू ८ नोभेम्बरमा जापान उड्ने र पोखरामा कन्सर्ट गर्ने सम्भावना रहेको व्यवस्थापन कम्पनी नेपालयले जनाएको छ।

काठमाडौं । लोकप्रिय लोकरक ब्याण्ड ‘नेपथ्य’ले जापानको सांगीतिक टूर घोषणा गरेको छ । नोभेम्बरको दोस्रो सातादेखि सुरु हुने टूर महिनाको अन्तिमसम्म चल्ने जनाइएको छ ।

१३ नोभेम्बर बिहीबार नागोया, १८ नोभेम्बर मंगलबार टोकियो र २४ नोेभेम्बर सोमबार ओसाकामा ब्याण्डले प्रस्तुति दिनेछ ।

ब्याण्डका सदस्यहरू ८ तारिखमा जापान उड्ने व्यवस्थापन कम्पनी नेपालयले जनाएको छ । त्यता जानुअघि तालनगरी पोखरामा पनि नेपथ्यले कन्सर्ट गर्ने सम्भावना छ, यसबारे निधो भैसकेको छैन ।

ब्याण्डले हालै अमेरिका, अस्ट्रेलिया र युरोप टूर सम्पन्न गरिसकेको छ ।





Read More