― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsसोनम गेल्जेन शेर्पा – KhabarHost

सोनम गेल्जेन शेर्पा – KhabarHost



१४ माघ, काठमाडौं । नेकपा एमालेका राष्ट्रिय सभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

चिसोका कारण प्रतिनिधिसभाको आगामी २१ फागुनमा हुने निर्वाचनमा हिमाली क्षेत्रका करिब ६० प्रतिशत मतदाताहरू मतदानमा सहभागी हुन नपाउने अवस्था भएकाले उनीहरूलाई पनि मतदानमा सहभागी गराउनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने सांसद शेर्पाको भनाइ थियो ।

बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले हिमाली क्षेत्रका मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारबाट बञ्चित गराउन नहुने उनको भनाइ थियो ।

सांसद शेर्पाले भने, ‘सरकार र निर्वाचन आयोगले निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन फागुन २१ गते हुँदैछ । फागुन २१ गते हिमाली क्षेत्रमा ठण्डा रहेका कारण मतदानमा जाने स्थिति छैन । अब हिमाली क्षेत्रमा करिब ३०, ४० प्रतिशत मात्रै भोट झर्ने अनुमान गरिन्छ । त्यसकारण ६० प्रतिशत जनताहरू मतदानबाट बञ्चित हुने अवस्था देखिन्छ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’

सांसद शेर्पाले निर्वाचनलाई आम मतदाताको हित हुने गरी उपयोग गर्नुपर्नेमा पनि जोड दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More