― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest news‘फिल्म गायन’ छाड्ने अरिजित सिंहको घोषणाबारे के भन्छन् नेपाली संगीतकर्मी ?

‘फिल्म गायन’ छाड्ने अरिजित सिंहको घोषणाबारे के भन्छन् नेपाली संगीतकर्मी ?


राष्ट्रिय

समाचार.

  • भारतीय गायक अरिजित सिंहले अबदेखि फिल्म गायन नगर्ने घोषणा गरेका छन् जसले बलिउड र नेपाली संगीतकर्मीहरूमा निराशा छाएको छ।
  • नेपाली गायक प्रताप दासले अरिजितको संगीत सधैँ कालजयी रहने र अब स्वतन्त्र भएर बहने बताएका छन्।
  • अरिजितको निर्णयपछि नेपाली र भारतीय संगीतकर्मीहरूले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्रामा शुभकामना दिएका छन्।

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले अबदेखि फिल्म गायन नगर्ने घोषणा गरेपछि उनका प्रशंसक स्तब्ध बनेका छन् । बलिउड मात्र होइन, नेपाली संगीतकर्मीले पनि निराशा व्यक्त गरेका छन् ।

नेपाली पाश्र्वगायनमा सक्रिय केही संगीतकर्मीले सिंहको प्रशंसा गर्दै उनको स्टाटस सेयर गरेका छन् । प्रशस्तै नेपाली पाश्र्वगीतमा संगीत दिएका अर्जुन पोखरेलले अरिजितको प्रशंसा गर्दै लेखेका छन्, ‘जति सुने पनि धीत नमर्ने, मन कहिल्यै नअघाउने आवाज र गायन ।’

युवापुस्ताका चर्चित गायक प्रताप दासले अरिजितको अबको सांगीतिक यात्रा अझै स्वतन्त्र भएर बहने बताएका छन् । उनले अरिजितको संगीत सँधै कालजयी रहनेछ भनेर लेखेका छन् ।

२ वर्षअघि सिंहले काठमाडौंमा प्रस्तुति दिएका थिए । त्यतिबेला उनको कन्सर्टमा सहभागी हुँदाको भिडियो क्लिप सेयर गर्दै दासले लेखेका छन् : तपाईँले प्लेब्याक गायनबाट विश्राम लिने निर्णय मात्र लिनुभएको हो । एउटा यस्तो आवाज जसले अनगिन्ती फिल्महरूमा प्राण भर्‍यो । अब त्यो सिनेमाको घेराभन्दा बाहिर झन् स्वतन्त्र भएर बहनेछ । प्लेब्याक होस् वा नहोस्, तपाईँको संगीत सधैँ कालजयी रहनेछ । किनकि केही आवाजहरू पर्दाका लागि मात्र हुँदैनन्, ती त सीधा आत्मासँग जोडिन्छन् । तपाईँको आगामी सांगीतिक यात्रामा शान्ति, स्वतन्त्रता र मिठासको कामना गर्दछु । नेपालबाट धेरै धेरै माया !’

गायक पुष्पण प्रधानले पनि अरिजितले प्लेब्याक भोकलिस्टको रुपमा सन्यास लिएपछि उनको योगदानको प्रशंसा गर्दै टिप्पणी गरेका छन् ।

प्रधान लेख्छन्, ‘उनी ज्ञानीपनि गुणीपनि । सायद अब उनी स्वतन्त्र भएर…चराले जसरी, हावाले जसरी, सागर, खोलाले जसरी, रुख-पातले जसरी कुनै सीमा र धेरामा नबाँधिएर गाउन जाँदैछन्, आफ्नै निम्ति, आफ्नै मनको ‘ईश्वर’–को निम्ति । ल सिर्जनाको यो अध्याय दिव्य बनोस् । अहिलेसम्मकै सबै तपाईँका कीर्ति र कीर्तिमानभन्दापनि अद्वितीय होस् । केही त बुझाउनलाई नै हो यो पहल । त्यसैका लागि शुभकामना ।’

अभिनेत्री वर्षा सिवाकोटीले दुःखी हुँदै अरिजितको स्टाटसमा रोइरहेको इमोजी कमेन्ट गरेकी छन् । नेपाली फिल्म सशान कँडेलले अरिजितको स्टाटस सेयर गर्दै लेखेका छन्, ‘अरिजित सिङ्को आवाज अबदेखि प्लेब्याक सिंगरको रुपमा सुन्न नपाइने भयो । सार्है दुखद, कारण के हुन सक्छ ?’

अन्य नेपाली संगीतकर्मी, फिल्मकर्मी र सेलिब्रेटीले पनि अरिजित सिंहको सन्यासप्रति प्रतिक्रिया दिएका छन् । नेपालमा समेत अरिजितको निकै ठूलो क्रेज छ । अरिजित युट्युब चार्ट्समा नेपालमा सबैभन्दा धेरै सुनिने संगीतकर्मी हुन् ।

४० वर्षको उमेरमै पाश्र्वगायन छाड्ने सिंहको घोषणापछि बलिउड र भारतीय सिनेमा जगत पनि तरंगित बनेको छ । उनी केही समयदेखि बलिउड थलो मुम्बईमा बसोबास गर्दैनन् । उनी नेपालसँग सीमा जोडिएको भारतीय राज्य पश्चिम बंगालको मुर्सिदाबादमा बसोबास गर्छन् ।





Read More