― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

सुपरहिट नेपाली फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डुले निर्माण गरेको फिल्म भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ।

यस अनुसार नोभेम्बर २१ (मंसिर ५) देखि फिल्म भारतमा प्रदर्शनमा आउन लागेको हो। दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका फिल्म हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए। 

हालै मात्र भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएको ‘ऊनको स्वीटर’ भारत रिलिजका लागि दार्जिलिङस्थित एसभिएफ सिनेमा, कस्र्याङको कस्र्याङ फन्टाजी सिनेमा, नाम्चीको नाम्ची इम्पेरियल सिनेमा, सिक्किममा गान्तोकस्थित डेन्जोङ सिनेमा र वज्र सिनेमा, साथै गान्तोककै आईएनओएक्स गान्तोक सिनेमा, वेस्ट बंगालको लागि सिलिगुडीको आईएनओएक्स सिनेमा सिटी सेन्टर, आईएनओएक्स वेगा सर्कल, आईएनओएक्स एग्रोपोलिस सिलिगुडी र साउथ सिटी सिलिगुडी लगायतका प्रतिष्ठित हलहरूले प्रदर्शनका लागि आफ्नो स्क्रिन प्रदान गरिसकेका छन्।

नेपाली भाषी तथा नेपाली समुदाय नजिक रहेका भारतीय दर्शकलाई लक्षित गर्दै यी स्थानहरूलाई प्राथमिकता दिइएको बताइएको छ। 

फिल्मको भारत प्रिमियर रिलिजको १ दिन अघि नोभेम्बर २० मा सिक्किममा हुने भएको छ। प्रिमियरमा नेपालबाट अभिनेताहरू विपिन कार्की र एलेक्स पारससहित कलाकारहरू, गायक सुजन चापागाईं र निर्देशक नवीन चौहानलगायत सहभागी हुने जनाइएको छ। 

Laxmi bank
Laxmi bank

गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो। फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारहरूको अभिनय छ। 

भारत रिलिजबारे एसली प्रोडक्सनले जारी गरेको वक्तव्यमा ‘ऊनको स्वीटर’ ले नेपालमा जस्तै भारतका दर्शकमा पनि गहिरो प्रभाव पार्ने अपेक्षा राखिएको उल्लेख छ।





Read More