― Advertisement ―

ProtoArc XK01 TP फोल्ड गर्न मिल्ने किबोर्ड र टचप्याड कम्बोमा बचत गर्नुहोस्

ट्याब्लेट वा फोनबाट काम गर्न सजिलो हुन सक्छ, तपाईंले लामो वा महत्त्वपूर्ण कुरा टाइप गर्न आवश्यक नभएसम्म। यो व्यापार समस्या समाधान गर्नु हो...
HomeLatest newsमाेरङमा जेनजी आन्दोलनका दिन तोडफोड र आगजनी गर्ने २१ जना पक्राउ

माेरङमा जेनजी आन्दोलनका दिन तोडफोड र आगजनी गर्ने २१ जना पक्राउ


राष्ट्रिय

समाचार.

  • मोरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई विराटनगर, जहदा, पथरीशनिश्चरे र उर्लाबारीबाट पक्राउ गरेको छ।
  • गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय र प्रहरी बिटमा आगजनी र तोडफोड भएको थियो।
  • पक्राउ परेकामाथि जिल्ला अदालत मोरङले आपराधिक उपद्रव मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

२८ कात्तिक, विराटनगर । माेरङ प्रहरीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्ने २१ जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले विराटनगर र जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते यो समूहले प्रहरी कार्यालय र प्रहरीकाे बिटमा आगजनी र तोडफोड गरेको थियो । प्रहरीले अन्य अराजक समूहको पनि खोजी गरिरहेको जनाएको छ ।

तोडफोड र आगजनीमा संलग्न विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् ।

त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारीबाट उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास पक्राउ परेका छन् ।

पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालले जानकारी दिइन् ।

जेनजी आन्दोलनका क्रममा मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी र तोडफोड भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय र प्रहरी बिटहरूमा पनि आगजनी र तोडफोड भएको थियो । सीआरभीको भ्यानमा पनि आगजनी भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More