― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएका १५ जना कलाकार, निर्माण क्षेत्रका व्यक्ति र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ।

सोमबार बोर्ड परिसर चाबहिलमा आयोजित कार्यक्रमकाबीच सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै, बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व र क्षमतामाथि कुनै शंका नरहेको बताए।

मन्त्री खरेलले भने, ‘अध्यक्ष डीसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ। उहाँको नेतृत्वमा क्षेत्रले नयाँ मोड लिनेमा म निश्चिन्त छु।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालय सदैव साथ रहने उल्लेख गरिन्।

बोर्ड अध्यक्ष दिनेश डीसीले सबै सम्मानित व्यक्तिहरूलाई बधाई दिँदै चलचित्र क्षेत्रमा देखिएको सकारात्मक ऊर्जा र सरकारी सहयोगले आगामी वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे। 

कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई सचिव अर्यालद्वारा खादा र मन्त्री खरेलद्वारा २९ हजार रूपैयाँ नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। 

पुरस्कृतहरूमा कलाकार, निर्देशक, सांगीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका थिए। 

सम्मानित व्यक्तिहरू

शिव श्रेष्ठ (कलाकार)

सबिता गुरूङ (कलाकार)

तीर्थ थापा (निर्देशक)

यस कुमार (संगीतकार÷गायक÷निर्देशक)

ध्रुव लम्साल (चलचित्र पत्रकार)

रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)

सम्झना रौनियार (निर्देशक)

युवराज लामा (निर्माता/निर्देशक)

हेमन्त बुढाथोकी (कलाकार)

किशन पोखरेल (निर्माता)

स्व. केशव भट्टराई (कलाकार – मरणोपरान्त)

नाजिर हुसेन (कलाकार)

रिमेश अधिकारी (निर्देशक)

रेनिशा फागो (रंग संयोजक÷प्राविधिक)

अन्जु पन्त (गायिका)

 





Read More