― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsनयाँ दिल्लीस्थित लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु

नयाँ दिल्लीस्थित लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु


राष्ट्रिय

समाचार.

  • भारतको नयाँदिल्लीस्थित लाल किला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
  • विस्फोटमा २० बढी घाइते भएका छन् र सुरक्षाकर्मीले घटनास्थल सिल गरी अनुसन्धान अगाडि बढाएका छन्।
  • बीबीसीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिइएको उल्लेख गरेको छ।

२४ कात्तिक, काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। २० बढी घाइते भएका छन्।

मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो। विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ। तर, अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन।

अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको जानकारी दिँदै टेलिफोन गरिएको थियो।

कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन्।





Read More