― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

नेपालको लोकप्रिय लोकपप सांगीतिक ब्यान्ड कन्दराले यही कात्तिक २८ (नोभेम्बर १४) मा काठमाडौंमा सांगीतिक कन्सर्ट गर्ने भएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच ‘काठमाडौं कलिङ कन्दरा’ सांगीतिक कार्यक्रमको घोषणा गरिएको हो।

विशिष्ट इन्टरनेसनलले एक्स ओ क्लब र हाई इन्टरटेन्मेन्टसँगको सहकार्यमा ठमेलमा कन्सर्ट गर्न लागेको हो। एक्स ओ क्लबमा कन्सर्ट हुनेछ। 

यो कन्सर्टलाई कलात्मक सिर्जना, सामाजिक प्रभाव र सामूहिक सहभागितालाई एकैसाथ जोड्दै नयाँ पुस्तालाई कन्दरा ब्यान्डसँग जोड्ने एउटा नवीन कडीका रूपमा प्रस्तुत गरिएको छ। 

कन्दरा ब्यान्डको नयाँ अभियानको निरन्तरताका रूपमा रहेको यो कार्यक्रमले संगीतलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र नभई समाजमा चेतना, भावनात्मक सम्बन्ध र परिवर्तनको प्रेरणाको स्रोत बनाउने लक्ष्य राखेको छ।

कला र संगीतका माध्यमबाट निराशा चिर्दै आशा जगाउने र संगीतलाई परिवर्तन, शान्ति तथा रूपान्तरणका लागि समर्पित गर्ने यसको मूल उद्देश्य रहेको आयोजकले जनाएको छ। 

Bibek-shrestha-1762774089.jpg

कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा ब्यान्डका प्रमुख गायक विवेक श्रेष्ठले भने, ‘काठमाडौं कलिङ कार्यक्रम गीतमा परिवर्तन, सोचमा परिवर्तन र आफैभित्रको परिवर्तनको यात्रा हो। हामी देशमा परिवर्तन चाहन्छौं भने सुरू सधैं आफू र आफ्नै भूमिप्रतिको जिम्मेवारीबोधबाट हुनुपर्छ।’

Laxmi bank
Laxmi bank

कार्यक्रम घोषणाका क्रममा कन्दरा ब्यान्डले सञ्चारकर्मी, साझेदारहरू र सिर्जनशील समुदायसँग आफ्नो सोच, अवधारणा र भावी योजनाहरू सार्वजनिक गरेको छ। नवीन अवधारणामा आधारित यस कार्यक्रममा अन्तरक्रियात्मक मिडिया सत्र, लाइभ एकुस्टिक प्रस्तुति साथै आगामी सामाजिक परियोजना, अन्तर्राष्ट्रिय यात्रा तथा सहकार्यका योजनाहरूबारे जानकारी दिइएको थियो। 

पोखरामा ३२ वर्षअघि जन्मिएको कन्दरा ब्यान्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढतालाई निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग र आफ्नै मौलिक पहिचानका कारण यो ब्यान्ड चर्चित छ।

ब्यान्ड स्थापनाको ३२ वर्षमा कन्दराले गत वर्ष काठमाडौंमा पहिलो पटक कन्सर्ट गरेको थियो। ‘चञ्चले कान्छी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘भेडीगोठैमा’, ‘लेककी हे माया’ जस्ता यस ब्यान्डका गीतहरू स्रोतामाझ लोकप्रिय छन्।

ब्यान्डमा संस्थापक अध्यक्ष तथा प्रमुख गायक विवेक श्रेष्ठ, सहसंस्थापक एवम् ड्रमरसुनील थापा, मादलिष्ट अविनाश गायक, बासिस्ट पंकज झा, गिटारिस्ट सन्देश मुजो, किबोर्डिस्ट नील घतानी, साउन्ड इन्जिनियर सिमोन तझ्या र प्राविधिक विज्ञ नवीन थापा रहेका छन्।

Kathmandu-Calling-Kandara-1762774107.jpeg

 





Read More