― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

उपेन्द्र सुब्बा निर्देशित प्रदर्शनरत फिल्म ‘जारी २’ मा १४ मिनेटको दृश्य थप गरिएको छ।

यो संशोधनसँगै फिल्मको कुल प्रदर्शन समय (रनटाइम) २ घण्टा २१ मिनेट पुगेको कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए। उनका अनुसार यस ‘डिरेक्टर्स कट’ संस्करणमा केही नयाँ दृश्यहरू समावेश गरिएका छन् भने केही पुराना दृश्यहरूलाई पुनः सम्पादन गरी काटिएको छ।

थपिएका दृश्यहरू सहितको फिल्मलाई सोमबार साँझ सेन्सर पास गरिएको हो। निर्माण पक्षले यसलाई ‘डिरेक्टर्स कट’ को रूपमा प्रस्तुत गरेको छ। जुन दर्शकहरूले मंगलबारदेखि देशभरका सिनेमा हलहरूमा हेर्न पाउनेछन्।

के हो डिरेक्टर्स कट?

‘डिरेक्टर्स कट’ भन्नाले निर्देशकको मौलिक र वास्तविक दृष्टिकोणलाई बुझिन्छ। विभिन्न कारणवश सम्पादनको क्रममा काटिएका वा परिवर्तन गरिएका दृश्यहरू यसमा समावेश गरिएका हुन्छन्। 

यस संस्करणमा प्रायः यसअघिको संस्करणमा नभएका केही दृश्यहरू वा फरक अन्त्य समेत हुन सक्छ। नेपालमा यो अभ्यास नौलो लागे पनि अन्तर्राष्ट्रिय फिल्म उद्योगमा यो सामान्य प्रचलन हो।

Laxmi bank
Laxmi bank

कस्तो छ व्यापार?

दयाहाङ राई र मिरूना मगर अभिनीत ‘जारी २’ ले प्रदर्शनको सुरूआती दुई दिन आक्रामक व्यापार गरेको थियो।

कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार आइतबार र सोमबार पनि फिल्मको व्यापारिक प्रदर्शन उत्साहजनक छ। 

‘जारी २’ २०८० सालमा रिलिज सुपरहिट फिल्म ‘जारी’ को सिक्वेल हो। यसमा दयाहाङ र मिरूनासहित विजय बराल, बुद्धि तामाङलगायतको अभिनय छ।





Read More