― Advertisement ―

एक £ 17 L आकारको कार्यालय डेस्क? यस कार्यस्थान सम्झौतामा 90% बचत गर्नुहोस्

TechRadar Pro को अफिस फर्निचर सम्पादकको रूपमा, म महिनामा सयौं डेस्कहरू देख्छु - तिनीहरूलाई समीक्षा गर्नेदेखि लिएर छुटाउन नसकिने सम्झौताहरू सम्म। तर यो मैले...
HomeLatest newsकुलमान नेतृत्वको दल दर्ताका लागि मंगलबार आयोग जाने

कुलमान नेतृत्वको दल दर्ताका लागि मंगलबार आयोग जाने



२३ कात्तिक, काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ ।

सोमबार दिनभरको छलफलपछि ५१ जना केन्द्रीय सदस्यको विवाद सल्टाइएको थियो । त्यसपछि मंगलबार दल दर्ताका लागि आयोग जाने तयारी गरिएको एक नेताले जानकारी दिए ।

पार्टीको नाम ‘उज्यालो नेपाल पार्टी’ हुनेछ भने चुनाव चिन्ह ‘बिजुलीको चिम’ हुनेछ ।

यसमा कुलमान घिसिङ, बालेन शाहको समूह, सुदन गुरुङको जेनजी समूह र संयूक्त पहिचानवादी मोर्चा हुनेछन् ।

यो मोर्चामा आठ घटक छन् । प्रदेश नम्बर १ बाहेक अन्य जेनजीका प्रदेश संयोजक पनि यसमा केन्द्रीय सदस्यको रुपमा रहने जनाइएको छ ।

स्रोतका अनुसार यसको घोषणापत्र पनि तयार भइसकेको छ । त्यसबाहेक दस्तावेज पनि लेखिएको छ ।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार यो पार्टी ‘सेन्टर टू लेफ्ट’ हुनेछ ।

त्यसबाहेक समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसंस्कृतिकवाद र राष्ट्रिय एकतालाई मूल नारा बनाएर यो पार्टीको अवधारणापत्र र सिद्धान्त बन्ने बताइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More