― Advertisement ―

HomeLatest newsसूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलोपटक मिथिला नगरीमा हुँदै

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप पहिलोपटक मिथिला नगरीमा हुँदै


राष्ट्रिय

समाचार.

  • सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप बर्दिबासस्थित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ।
  • प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ र विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
  • तीन दिने ५४ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ६ एमेच्योर खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

१३ माघ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मंगलबारदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ।

प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः १ लाख २५ हजार र १ लाख रुपैयाँ हात पार्नेछन्। शीर्ष १८ स्थानभित्र पर्ने खेलाडीहरू पुरस्कारको‌ हकदार बन्नेछन्।

नेपाल नम्बर एक प्रो गल्फर तथा अघिल्लो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनका विजेता निरज तामाङ प्रमुख दाबेदारका रूपमा रहेका छन्। साथै भुवन नगरकोटी, धन थापा, दिनेश प्रजापति र जयाराम श्रेष्ठ पनि उपाधि दाबेदारको सूचीमा छन्।

तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। जहाँ ३१ प्रोफेसनल गल्फर र ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका ६ एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन्। ३६ होलको समाप्तिपछि कट लागु हुनेछ। शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडी फाइनल राउन्डमा प्रवेश गर्नेछन्।

मधेस प्रदेशमा सूर्य नेपाल गल्फ टुरको कुनैपनि प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। नवनिर्मित यो गल्फ क्लबमा पहिलो पटक प्रो खेलाडीहरू प्रतिस्पर्धामा उत्रदैँछन्। नयाँ गल्फ कोर्समा खेल्ने चुनौती खेलाडीहरूलाई रहनेछ।

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन्। जसको कुल पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ।

यसअघि भएको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर खेलाडी राहुल विश्वकर्मा र दोस्रो प्रतियोगीता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका थिए।





Read More