― Advertisement ―

यस शक्तिशाली Asus TUF F16 गेमिङ ल्यापटपलाई RTX 4050 को साथ $1,000 मुनि Amazon मा लिनुहोस्।

यदि तपाईं चालमा खेल्न इच्छुक हुनुहुन्छ तर कडा बजेटसँग व्यवहार गर्दै हुनुहुन्छ भने, तपाईं भाग्यमानी हुनुहुन्छ। अहिले, तपाईं Asus TUF F16 गेमिङ ल्यापटप Amazon...
HomeLatest newsसुरक्षा घेराबीच सुर्खेतमा महेश बस्नेतको भाषण – KhabarHost

सुरक्षा घेराबीच सुर्खेतमा महेश बस्नेतको भाषण – KhabarHost



९ मंसिर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति थियो । नगरका मुख्य चोक र एअरपोर्ट क्षेत्रमा करिब ७०० बढी सुरक्षाकर्मी परिचालित थिए ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेता सुर्खेत आउने कार्यक्रम थियो । जसका कारण यसरी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

राष्ट्रिय युवा संघको युवा जागरण अभियानलाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका एमाले नेता बस्नेतको कार्यक्रम बिथोल्न युवाहरूले नाराबाजी गरे ।

वीरेन्द्रनगर–८, स्थित जिल्ला समन्वय समितिको सभा हलमा एमालेको युवा जागरण कार्यक्रम चलिरहेको थियो । युवाहरूले विरोध प्रदर्शन गर्नसक्ने आकलन गरिएपछि प्रशासनले उच्च सुरक्षा घेरामा बस्नेतको कार्यक्रम राखेको थियो ।

जिल्ला समन्वय समितिको चारैतर्फ बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । सभा हलतिर प्रवेश गर्ने युवाहरूलाई सोधपुछ परेर मात्रै छिर्न दिइएको थिएन । सभा हलदेखि ३०० मिटर पूर्वतर्फ प्रदेश रङ्गशाला छ । रङ्गशालामा केही युवाहरू क्रिकेट खेलिरहेका थिए । एक हुल सुरक्षाकर्मीले रङ्गशालामा रहेका युवाहरूलाई समेत निगरानी गरिरहेका थिए ।

त्यस्तै घण्टाघर आसपासको सडकमा प्रहरीको बाक्लो तैनाथ थियो । त्यहाँ सर्वसाधारणलाई हिँडडुल गर्न समेत रोक लगाइएको थियो ।

जिल्ला समन्वयको सभा हल देखि ५०० मिटर अगाडि जेनजी समूहका युवाहरू बस्नेतको विरोधमा हातमा प्लेकार्ड लिएर उभिएका थिए । विरोध प्रदर्शनमा उत्रिएका तीन जनालाई नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । ‘शान्ति सुरक्षा खल्बलिने देखिएपछि प्रदर्शनमा रहेका तीन जना युवालई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी बुढथापाले भने ।

त्यसअघि बस्नेतको विरोधमा जेनजी समूहका युवाले वीरेन्द्रनगरको घण्टाघर क्षेत्रमा पनि प्रदर्शन गरेका थिए । युवाहरूले विरोध प्रदर्शन गरे पनि कार्यक्रम भने सम्पन्न भएको डीएसपी बुढथापाले बताए । ‘प्रदर्शनले कार्यक्रममा कुनै असर परेन । सभा हल भित्र शान्तिपूर्ण रूपमा कार्यक्रम भयो,’ उनले भने ।

युवा जागरण कार्यक्रमस्थलको सुरक्षार्थ डीएसपी बुढथापाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । राजधानी वीरेन्द्रनगरको सुरक्षार्थ नेपाल प्रहरीबाट ४००, सशस्त्र प्रहरीबाट २५० र अन्यबाट गरी ७०० बढी सुरक्षाकर्मी परिचालन गरिएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए ।

पछिल्लो समय एमाले नेता बस्नेत जाने कार्यक्रमहरूमा विरोध प्रदर्शन हुने र त्यसले उग्र रूप लिने गरेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको एसपी शाहीले बताए । ‘यस्ता विरोध प्रदर्शनमा हुलदङ्गा हुने र त्यसले ठूलो क्षति हुने गरेको अन्य जिल्लाहरूका थुप्रै उदाहरण छन्,’ एसपी शाहीले अनलाइनखबरसँग भने, ‘त्यसो हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएको छ हो ।’

यसअघि पनि नेता बस्नेत लगायतका नेता सिमरामा पुग्दा जेनजी समूहसँग लफडा भएको थियो । स्थिति तनावपूर्ण बन्न थालेपछि स्थानीय प्रशासनले कर्फ्यु नै लगाउनु परेको थियो । त्यस्तो अवस्था आउन नदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार बेलुका सुरक्षा निकायका प्रमुख र जेनजी युवाहरूसँग पनि छलफल गरेको थियो ।

छलफलका क्रममा युवाहरूले बस्नेतको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका थिए ।

एमाले नेता बस्नेत जहाँ पुगे पनि भदौ २३ र २४ को जेनजी आन्दोलनको चर्को  विरोध गर्दै आएका छन् । बस्नेतको अभिव्यक्ति र कार्यशैली विरुद्ध प्रदर्शन गर्न बाध्य भएको जेनजी अगुवा सुवर्ण थापाले बताए ।

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका हौँ । हाम्रो प्रदर्शन एमालेविरुद्ध नभई नितान्त महेश बस्नेतको गुण्डागर्दी र बेलगाम बोलीविरुद्ध हो,’ थापाले अनलाइनखबरसँग भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More