― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsसुदूरपश्चिमबाट एनपीएल खेल्न नेपाल आइपुगे युएईका ध्रुव परासार

सुदूरपश्चिमबाट एनपीएल खेल्न नेपाल आइपुगे युएईका ध्रुव परासार


राष्ट्रिय

समाचार.

  • सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि यूएईका अलराउन्डर ध्रुव परासारलाई अनुबन्ध गरेको छ।
  • परासारले यूएईका लागि ३२ टी–२० अन्तर्राष्ट्रिय खेलमा २०७ रन र ३२ विकेट लिएका छन् भने १२ एकदिवसीय खेलमा १९२ रन र १० विकेट लिएका छन्।
  • सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणमा पहिलो खेल काठमाडौँ गोर्खाजसँग मंसिर ३ गते खेल्नेछ।

१ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले यूएईका अलराउन्डर ध्रुव परासारलाई अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले एनपीएलको दोस्रो सिजनका लागि अनुबन्ध गरेको परासार पाँचौ विदेशी खेलाडी हो ।

यसअघि सुदूरपश्चिमले स्कट कुगेलेइन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउनलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएल खेल्नका लागि प्राशर आजै नेपाल आइपुगेको सुदूरपश्चिम रोएल्सले जनाएको छ ।

उनले यूएईका लागि ३२ टी–२० अन्तर्राष्ट्रिय खेलमा २०७ रन बनाउनुका साथै ३२ विकेट लिएका छन् । यस्तै उनले युएईका लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा १९२ रन बनाउनुका साथै १० विकेट लिएका छन् ।

एनपीएलको पहिलो स्स्करणको उपविजेता रहेको सुदूरपश्चिमले दोस्रो संस्करणमा आफ्नो पहिलो खेल मंगलबार काठमान्डु गोर्खाजसँग खेल्नेछ ।

सुदूरपश्चिम रोयल्सको टोलीः

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह, जोस ब्राउन, परासार

मुख्य प्रशिक्षकः जगत टमटा

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More