― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsसुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको दाबी, यी हुन् आकांक्षी

सुदूरपश्चिमका १६ सिटमा रास्वपाका ४६ जनाको दाबी, यी हुन् आकांक्षी



३ माघ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेशका १६ सिटका लागि ४६ जनाले दाबी गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न रास्वपाका ४६ जनाले दाबेदारी प्रस्तुत गरेका हुन् ।

उम्मेदवारका लागि दाबी गर्नेमा रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टदेखि सागर ढकाल, बालेन शाह र गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिवसम्मका छन् ।

कैलाली-१ बाट रास्वपाका प्रदेश सभापति विष्टले दाबी गर्दा पार्टीका सचिवालय सदस्य दीपक बोहराले कञ्चनपुर-२ मा उम्मेदवार बन्न खोजेका छन् ।

सागर ढकालले डडेल्धुरामा दाबी गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले अछाम-२ बाट उम्मेदवार बन्ने आकांक्षा राख्दा गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिव धिरज जोशीले कञ्चनपुर-३ मा दाबी पेस गरेका छन् ।

रास्वपाले प्रतिनिधि सभा सदस्य बन्ने आकांक्षीहरूलाई अनलाइनमार्फत दाबी पेस गर्न भनेको थियो । सोहीअनुसार आकांक्षीहरूले क्षेत्रगत रूपमा दाबी प्रस्तुत गरेको रास्वपाले जनाएको छ ।

१६ निर्वाचन क्षेत्रमध्ये कञ्चनपुर-१ मा दीपक बोहरा, अछाम-१ ओमप्रकाश रावल, डोटीमा नरेन्द्र खड्का, बैतडीमा हरिमोहन भण्डारी र दार्चुलामा राजेश साउद गरेर पाँच वटामा मात्र एकल दाबेदारी परेको छ । तर, यी बाहेकका क्षेत्रमा भने एकभन्दा बढी आकांक्षी देखिएका छन् ।

रास्वपाले औंपचारिक रूपमा उम्मेदवारका आकांक्षीबारे अहिलेसम्म औंपचारिक धारणा दिएको छैन् । सुदूरपश्चिम प्रदेश समितिका नेताहरू समेत अनलाइनबाट दाबी प्रस्तुत गरिने भएकाले उम्मेदवारका आकांक्षीबारे धेरै जानकारी नभएको बताउँछन् । तर, अनलाइनमा परेका आवेदनअनुसार पार्टी केन्द्रले नै उम्मेदवार चयन गर्ने एक नेता बताए ।

पार्टीका सुदूरपश्चिम प्रदेश महामन्त्री सन्तोष जोशीले भने अनलाइनमार्फत आकांक्षा पेस भएकाले कुन क्षेत्रमा कसले दाबी गरेको छ भन्ने कुरा अहिलेसम्म जानकारीमा नआएको बताए ।

जोशीले अनलाइन प्रणाली पार्टी केन्द्रीय समितिले व्यवस्थापन गर्ने भएको उम्मेदवारका आकांक्षीको सूची प्राप्त भएपछि आजै औपचारिक रूपमा सार्वजनिक गर्न मिल्ने जोशीले बताए ।

कसको दाबी कहाँ ?

१) कैलाली-१

१) इन्जिनियर प्रकाश विष्ट

२) कोमल सुवेदी (नाउपापक्ष)

३) सुरेश कर्ण

३) दिव्या चौधरी

४) सिद्धार्थ साउद

५) दीपेन्द्र चौधरी

२) कैलाली-२

१) पदमराज शर्मा

२) पदम चौलागाई

३)पवित्रा गिरी

४) केपी खनाल (बालेनपक्ष)

३) कैलाली-३

१) महेशकुमार चौधरी (जिल्ला सभापति)

२) जगत जोशी

३)  इन्दु चौधरी(नाउपा पक्ष)

४) कैलाली-४

१) खेमराज कोइराला

२) दिल्लीराज जोशी

३) मिनबहादुर बोहरा

४) शिवराज पन्त (पूर्वकर्णेल)

५) हेमराज भट्ट

६) सत्यराज रावल

५) कैलाली-५

१) भीमबहादुर बोहरा

२) जसुकुमारी भट्ट

३) हरि रेग्मी

४) ईश्वरी बिष्ट

५) पुष्कर अवस्थी

६) लक्ष्मण थारू

७) आनन्द बहादुर चन्द (बालेन पक्ष)

६) कञ्चनपुर-१

१) जनक धामी

२) नवराज राना

७) कञ्चनपुर-२

१) दीपक बोहरा (सचिवालय सदस्य)

 ८) कञ्चनपुर-३

१) ज्ञानेन्द्र सिंह महता

२) उमेश पाण्डे

३) कृष्णदत्त जोशी (बक्सर)

४) धिरज जोशी (बालेन पक्ष तथा गृह मन्त्रीका स्वकीय सचिव)

९) डडेल्धुरा

१) सागर ढकाल

२) सुरेन्द्र अवस्थी(जिल्ला सभापति)

४) डा.तारा जोशी (उज्यालो पार्टीबाट समायोजन)

१०)  बझाङ

१) मिनबहादुर सिंह

२)सत्यराज उपाध्याय (जिल्ला सभापति)

३) शैलेश सिंह

११) अछाम- १

१) ओमप्रकाश रावल (जिल्ला सभापति)

१२) अछाम-२

१)  जीवन तिमिल्सिना

२) भूपदेव शाह (बालेन स्वकीय सचिव)

१३) बाजुरा

१) राजबहादुर सिंह

२) हेमराज थापा

१४) बैतडी

१) हरिमोहन भण्डारी

१५) डोटी

१) नरेन्द्र खड्का

१६) दार्चुला

१) राजेश साउद

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More