― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest news‘सी बेबी’ ड्रोन प्रयोग गरेर युक्रेनले रुसी तेल ट्यांकरमाथि गर्‍यो हमला

‘सी बेबी’ ड्रोन प्रयोग गरेर युक्रेनले रुसी तेल ट्यांकरमाथि गर्‍यो हमला



१४ मंसिर, काठमाडौं । युक्रेनले रूसी तेल ट्यांकरहरूमाथि नयाँ प्रविधिको प्रयोग गरेर हमला गरेको छ । युक्रेनका अधिकारीहरूले बताए अनुसार युक्रेनी नौसैनिक ड्रोनले ब्ल्याक सी हुँदै गइरहेका रूसको ‘छायाँ फ्लीट’सँग सम्बन्धित दुई तेल ट्याङ्करहरूलाई निशाना बनाएका छन् ।

एक भिडियोमा पानीमा चल्ने ड्रोनहरू छालहरूलाई चिर्दै जहाजहरूतर्फ अगाडि बढिरहेका र त्यसपछि ठोक्किएर ठूलो विस्फोटका साथ आगलागी भएको देखिन्छ ।

टर्कीका अधिकारीहरूका निशाना बनाइएको ट्यांकरहरूको नाम काइरोस र विराट हुन् । दुवैमा गाम्बियाको झण्डा लगाइएको छ । दुवै ट्यांकरहरूमाथि शुक्रबार टर्कीको तट नजिकै हमला गरिएको थियो ।

रिपोर्ट अनुसार, विराटलाई शनिबार फेरि पनि निशाना बनाइएको थियो । यद्यपि, यस हमलामा कुनै हताहत भएको जानकारी छैन ।

ट्यांकर चालक दलले संकटकालीन कल गरेर ड्रोन हमलाको सूचना दिएका थिए । उनीहरूले मानवरहित समुद्री ड्रोनबाट हमला भएको बताएका हुन् ।

चालक दलले ड्रोन हमला भएको भन्दै मद्दत मागिरहेको देखिने एक भिडियो पनि सार्वजनिक गरिएको छ ।

दुई पटकको हमलापछि पनि जहाजमा सामान्य मात्र क्षति भएको र जहाजको अवस्था स्थिर रहनुका साथै चालक दलका सदस्यहरू पनि सकुशल रहेको टर्कीको यातायात मन्त्रालयले जानकारी दिएको छ ।

किभमाथि शान्ति सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहेको बेला यो घटना भएको हो ।

युक्रेनको एसबीयू सुरक्षा सेवाका एक स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार, आधुनिकीकरण गरिएको ‘सी बेबी’ नौसैनिक ड्रोनहरूले जहाजहरूलाई सफलतापूर्वक निशाना बनाएका हुन् ।

यो हमलाले युक्रेन अब रूसको तेल अर्थतन्त्रमाथि प्रहार गर्ने प्रयास गरिरहेको देखिन्छ । यही आम्दानी युक्रेनमा चलिरहेको युद्धलाई निरन्तरता दिनका लागि महत्त्वपूर्ण मानिन्छ ।

समाचारहरूका अनुसार, यी दुवै जहाजहरू रूसको ‘छायाँ फ्लीट’को हिस्सा हुन् । रूसले पश्चिमी प्रतिबन्धहरूलाई छल्नका लागि प्रयोग गरिने सयौं ट्यांकरहरूलाई सम्बोधन गर्न यो शब्द प्रयोग गरिन्छ ।

युक्रेनमाथि हमला शुरु गरेपछि रूसमाथि यी प्रतिबन्धहरू सन् २०२२ मा लगाइएको थियो ।

‘छायाँ फ्लीट’मा धेरैजसो पुराना ट्यांकरहरू छन्। यीमध्ये धेरैजसो जहाजहरूको स्वामित्वसम्बन्धी जानकारी वा तिनीहरूको बीमा स्पष्ट हुँदैन।

–     एजेन्सीहरूको सहयोगमा

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More