― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsसिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते



काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आज आइतबार बिहान करिब ३:२० बजे ठोक्किएका थिए ।

दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका ३ बस्ने २५ वर्षीय महेश कुमरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दुर्घटनास्थलबाट उद्धार गरेर उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोमा चिकित्सकले आज बिहान ४ बजेतिर मृत घोषणा गरेका थिए ।

सोही दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुर बस्ने अन्दाजी २५ वर्षीय दिपेश कुमर गम्भीर घाइते भएका छन् । उनलाई दुधौली नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि आज बिहान ६:५५ बजे थप उपचारका लागि बिराटनगरतर्फ पठाइएको छ ।

दुर्घटनास्थल प्रहरी चौकी हत्पतेबाट ३ किलोमिटर र इलाका प्रहरी कार्यालय डकाहाबाट करिब १० किलोमिटर पश्चिममा पर्दछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More