― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsसीता सापकोटा – KhabarHost

सीता सापकोटा – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सीता सापकोटाले पार्टी नेतृत्वको अकर्मण्यताले पार्टी यो अवस्थामा पुगेको बताएकी छन्।
  • सापकोटाले पार्टी र सरकार किचन क्याबिनेटका सदस्यहरूको भरमा चलाउन खोज्दा शीर्ष नेतृत्व असफल भएको उल्लेख गरिन्।
  • उनले नयाँ पुस्ताको हातमा पार्टी नेतृत्व सुम्पन र कांग्रेसलाई पुनः नवीन बनाउन आग्रह गरिन्।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सीता सापकोटाले पार्टी नेतृत्वको अकर्मण्यताको कारण पार्टी यो अवस्थामा पुगेको बताएकी छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा शुमभकामना व्यक्त गर्दै सापकोटाले पार्टी र सरकार किचन क्याबिनेटका सदस्यहरूको भरमा चलाउन खोज्दा पार्टीको शीर्ष नेतृत्व असफल हुन पुगेको बताइन् ।

‘किचन क्याबिनेट बनाएर पार्टीलाई कब्जा गर्नुभयो । सरकार त्यसैगरी चलाउनु भयो । युवा पुस्ताका भर्भराउँदा नेतृत्वलाई भित्तामा पुर्‍याउनुभयो,’ पार्टी नेतृत्वतर्फ संकेत गर्दै उनले भनिन्, ‘तर, नेतृत्वले पाखा लगाए पनि पार्टीका सच्चा कार्यकर्ताले माया गर्नेरहेछन् भन्ने अहिले पुष्टि भएको छ । यो उपस्थितिले यो पुष्टि गरेको छ ।’

पूर्वसभापति सापकोटाले अहिले पनि पार्टीका कार्यकर्ता, महाधिवेशन र महासमिति प्रतिनिधिले व्यक्त गरेको भावना बुझेर नयाँ पुस्ताको हातमा पार्टी नेतृत्व सुम्पन र कांग्रेसलाई पुन: नवीन बनाउन आग्रह गरिन् ।





Read More