― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsनेतालाई कुसन, प्रतिनिधिलाई कुर्सी – KhabarHost

नेतालाई कुसन, प्रतिनिधिलाई कुर्सी – KhabarHost


तस्वीर : शंकर गिरी/अनलाइनखबर



२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको विशेष महाधिवेशनका लागि अहिले विभिन्न स्थानबाट र्‍यालीसहित पुग्ने क्रम जारी छ ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् ।

सँगै महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन ।

दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ ।

र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।





Read More