― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsसिंहदरबारमै जेनजीसँगको सम्झौता च्यात्ने युवाले गरे निर्वाचन आयोगभित्रै हुलदंगा

सिंहदरबारमै जेनजीसँगको सम्झौता च्यात्ने युवाले गरे निर्वाचन आयोगभित्रै हुलदंगा



४ पुस, काठमाडौं । सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् ।

अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

सरकार र जेनजीबीच २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौताका क्रममा पनि सोडारी लगायतका युवाहरू सम्झौता समारोहमा पुगेका थिए ।

सम्झौता भए लगत्तै उनीहरूले प्रधामन्त्री कार्यालयको हलमा नै सम्झौता च्यातेका थिए । उनीहरू त्यबेला पनि कार्यालय परिसरमै हुलदंगा गरेका थिए ।

उक्त घटनामा उन्मुक्ति पाएका सोडारी लगायतका युवाहरू सोमबार निर्वाचन आयोग पुगेका थिए । दलहरूले समानुपातिक सूची बुझाउने प्रक्रिया चलिरहेका बेला युवाहरूको समूह त्यहाँ कार्यालय भित्रै पुगेको थियो ।

उनीहरूले निर्वाचन धोका हो भन्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पनि नाराबाजी गरेका थिए ।

तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More