― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsनेकपा कर्णालीबाट शर्मा र महतराले गरे राष्ट्रिय सभामा उम्मेदवारी दर्ता

नेकपा कर्णालीबाट शर्मा र महतराले गरे राष्ट्रिय सभामा उम्मेदवारी दर्ता



२३ पुस, ‎‎सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का  बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही)ले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरूले बुधवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । शर्माले अन्य कलस्टर र महतराले महिला कलस्टरमा उम्मेदवार बनेका छन् । ‎रुकुम पश्चिमका पुराना कम्युनिस्ट नेता शर्मा हाल नेकपाको केन्द्रीय सदस्य छन् भने अन्जु डोल्पाबाट प्रतिनिधित्व गर्छिन् ।

बुद्धिप्रसाद शर्मा साबिक माओवादीतर्फका हुन् भने अन्जु समाजवादीतर्फकी हुन् ।





Read More