― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsसामाजिक सञ्जालबाट उम्मेदवारी घोषणाको प्रचार नगर्न रास्वपाको निर्देशन

सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणाको प्रचार नगर्न रास्वपाको निर्देशन



२४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनमा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार हुन चाहने आंकक्षीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचार प्रसारमा रोक लगाएको छ ।

रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले बिहीबार आचारसंहिता पालनासम्बन्धी सूचना जारी गर्दै यस्तो रोक लगाएको हो । यस्ता खालका सामग्रीहरू यसअघि सामाजिक सञ्जालमा राखिएको भए त्यस्ता सामग्रीहरू हटाउन समेत रास्वपाले निर्देशन दिएको छ ।

‘प्रतिनिधिसभा सदसय निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरूमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई समाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारीको प्रचारप्रसार गरेको देखिन आएको छ । यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचारप्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ,’ सूचनामा भनिएको छ ।

उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा विना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको सूचनामा भनिएको छ ।

प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भए पश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचारप्रसार गर्न सकिने जनाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More