― Advertisement ―

के यो काममा AI को लागि टिपिङ बिन्दु हो? नयाँ ग्यालप सर्वेक्षणले सबै अमेरिकी कर्मचारीहरू मध्ये आधा अब यसलाई कुनै न कुनै तरिकामा प्रयोग...

अमेरिकी कामदारहरूको आधाले अब उनीहरूले आफ्नो भूमिकामा एआई प्रविधिको कुनै न कुनै रूप प्रयोग गरेको बताउँछन्, संख्यालाई पहिलो पटक महत्वपूर्ण बिन्दुमा धकेल्दै।नयाँ Gallup अनुसन्धान...
HomeLatest newsएससीटीले सुरु गर्‍यो ‘माइ कार्ड’ सेवा – KhabarHost

एससीटीले सुरु गर्‍यो ‘माइ कार्ड’ सेवा – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले ‘माइ कार्ड’ नाममा व्यक्तिगत कार्ड सेवा सुरु गरेको छ।
  • नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त एससीटीले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई फोटो सहित डेबिट कार्ड उपलब्ध गराउनेछ।
  • यो सेवा हाल आईसीएफसी फाइनान्सबाट सुरु गरिएको छ र भविष्यमा भिजा तथा नेपालपे स्किममा विस्तार गरिनेछ।

२४ पुस, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले ‘माइ कार्ड’ नाममा कार्ड सेवा थालेको छ ।

व्यक्तिगत कार्ड सेवा औपचारिक रूपमा सुरु भएको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले यस सेवामार्फत एससीटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई आफ्नो इच्छाअनुसार फोटो राखेर एससीटी युनियन पे डेबिट कार्ड उपलब्ध गराउनेछ ।

हाल आईसीएफसी फाइनान्सबाट सुरु गरिएको यो सेवा भविष्यमा बैंक तथा वित्तीय संस्थाको रुचीअनुसार भिजा तथा नेपालपे स्किममा पनि विस्तार गरिने एससीटीले जनाएको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ ।

एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्वीचमार्फत एससीटी युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कारोबार सेवा प्रदान गर्दै आइरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More