― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsसाढे ८ बजेसम्म खस्यो १२ सय मत – KhabarHost

साढे ८ बजेसम्म खस्यो १२ सय मत – KhabarHost



२ पुस, काठमाडौं । नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको मतदानमा १२ सय मत खसेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा मतदान जारी छ । साँझ साढे ८ बजेसम्ममा १२ सय मतदान भएको केन्द्रीय निर्वाचन आयोगले जानकारी गराएको छ ।

आयोगका अनुसार, बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो ।

मतदान केन्द्र प्रवेशको समय पनि थप गरिएको छ । महासचिव शंकर पोखरेलले यसअघि साँझ ८ बजेसम्मका लागि तय भएको समय थप गरेर राति १० बजेसम्मका लागि मतदानको समय तोकिएको हो ।

एमालेको निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान गर्ने भनिएको थियो ।

मतदानको प्रक्रिया सुरु समयमै नहुँदा, मतदानका लागि विद्युतीय मेसिनमा पदाधिकारी अभ्यस्त नहुँदा समय सारिएको पोखरेलको भनाइ छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More