― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsसहमहामन्त्री मन्सुर बोल्दा कांग्रेस बैठकमा होहल्ला

सहमहामन्त्री मन्सुर बोल्दा कांग्रेस बैठकमा होहल्ला


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री फरमुल्ला मन्सुरले बोल्दा नेताहरूले होहल्ला गरेका छन्।
  • मन्सुरले १९ कात्तिकमा धारणा राखिसकेको भन्दै नेताहरूले दोहोर्‍याएर बोल्न नपाइने भन्दै विरोध जनाएका हुन्।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘साथीहरू बसिदिनुस्’ भनेका छन्।

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री फरमुल्ला मन्सुर बोल्दै गर्दा होहल्ला भएको छ । मन्सुरले यसअघि नै केन्द्रीय कार्यसमिति बैठकमा धारणा राखिसकेको भन्दै नेताहरूले होहल्ला गरेका हुन्।

अनलाइनखबरलाई बैठक स्थलबाट प्राप्त अडियो क्लिपमा सहमहामन्त्री मन्सुर बोलिरहेका र अन्य नेताहरू होहल्ला गरिरहेका सुनिन्छ । अडियोमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘साथीहरू बसिदिनुस्’ भनेको आवाज पनि सुनिन्छ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सहमहामन्त्री मन्सुर दोहोर्‍याएर बोल्न थालेपछि अन्य नेताहरूले आपत्ति जनाएर होहल्ला गरेको जानकारी दिए । ‘पहिला बोलेको मान्छे अहिले बोल्न पाइदैन भनेर साथीहरूले विरोध गर्नुभएको हो,’ ती नेताले भने।

सहमहामन्त्री मन्सुरले यसअघि १९ कात्तिकमा बसेको बैठकमा आफ्नो धारणा राखिसकेका थिए। उनी अहिले पनि धारणा राखिरहेका छन्।





Read More