― Advertisement ―

रूसी ह्याकरले जेमिनी सीएलआईलाई ह्याकिङ एजेन्टमा परिणत गर्दछ, सानो आकारको बोटनेट सिर्जना गर्दछ

रूसी ह्याकरले गुगल ह्याकरको प्रयोग गर्‍यो "810000000A-11f1" दन्त चिकित्सालयमा botnetआक्रमणकारीले AI लाई पेन परीक्षकको रूपमा प्रस्तुत गरेर, C2 पूर्वाधार माइग्रेट गर्न, कनेक्टिभिटीको समस्या निवारण...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

नेपाल आइडल सिजन ६ का प्रतियोगी मिलन विश्वकर्माको स्वरमा ‘लैजाउ कि कतै मलाई’ बोलको गीत सार्वजनिक भएको छ। 

सरित राईको संगीत एवं संगीत संयोजन रहेको यस लोक फ्युजन शैलीको गीतमा मिलन विश्वकर्माका साथै सलिना बीके र आशिष महरले पनि आवाज दिएका छन्। 

तीनै जनाको सामूहिक स्वर रहेको गीतले प्रेम, चाहना र पुराना दिनहरूको सम्झनालाई मुख्य विषय बनाएको छ। गीतलाई शैलेश गिरीले रचना गरेका हुन्।

यो गीत नेपाल आइडल सिजन ६ का प्रतिभा र म्युजिक नेपालबीचको सहकार्यमा सिर्जना गरिने १२ वटा गीतमध्ये एक रहेको बताइएको छ।

संगीत क्षेत्रमा नेपालको अग्रणी संस्था म्युजिक नेपालले आइडलको सिजन ६ का प्रतिभाहरूलाई अवसर दिने सम्झौताअनुरूप यो गीतको सिर्जना गरिएको म्युजिक नेपालले बताएको छ। यस गीतमा स्वर दिने मिलन विश्वकर्मा नेपाल आइडल सिजन ६ का प्रतिस्पर्धी हुन्।

‘लैजाउ कि कतै मलाई’ म्युजिक नेपालका आधिकारिक च्यानलहरूमा उपलब्ध छ।

Laxmi bank
Laxmi bank

 

 





Read More