― Advertisement ―

‘धेरै संस्थाहरूसँग AI लगानी समस्या छैन, तिनीहरूसँग डाटा समस्या छ’: नयाँ अध्ययनले चेतावनी दिन्छ कि पूर्वाधार मागहरू वास्तवमै एआईलाई पछाडि समातिरहेको हुन सक्छ।

कन्फ्लुएन्ट वा रिसर्चको बारेमा फर्महरू छन्। लगानीहरू - महत्वाकांक्षाहरू त्यहाँ छन्बरु, कम्पनीहरूले लिगेसी डेटा प्रणालीहरूसँग संघर्ष गरिरहेका छन्हामीलाई थाहा थिएन कि हामीलाई त्यसबेला निरन्तर...
HomeLatest newsसरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री – KhabarHost

सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री – KhabarHost



२४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसको सम्मानका साथ आफूहरूले एकचित्त भएर काम गरिरहेको बताइन् ।

सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाइ थियो ।

उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत बताइन् ।

मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताइन् ।





Read More