― Advertisement ―

प्लास्टिकको फोहोरले चाँडै विमानलाई इन्धन गर्न सक्छ किनभने अनुसन्धानकर्ताहरूले नयाँ रिएक्टर प्रणाली प्रयोग गरेर खारेज गरिएका सामग्रीहरूबाट सस्तो जेट इन्धन विकास गर्छन्।

हामीलाई सीधै jet मा रूपान्तरण गर्न सकिन्छ। इन्धनएउटा ट्यान्डम रिएक्टर प्रणालीले प्लास्टिकलाई ४६० डिग्री सेल्सियसमा तोड्छरुथेनियम उत्प्रेरक साइटहरूले व्यावसायिक विकल्पहरू भन्दा धेरै राम्रो चयनशीलता...
Homeविपिन जोशीको पोस्टमार्टम नेपालमा किन भएन? – KhabarHost

विपिन जोशीको पोस्टमार्टम नेपालमा किन भएन? – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • इजरायलमा हमास लडाकुले नियन्त्रणमा लिएर हत्या गरेका विपिन जोशीको शव दुई वर्षपछि नेपाल ल्याइयो र कञ्चनपुरमा अन्त्येष्टि गरियो।
  • इजरायली सेनाले विपिनको टाउकोमा गोली लागेको र हमास आक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको छ।
  • विदेशमा गरिएको पोस्टमार्टम परिवारको सहमतिमा नेपालमा पुनः नगर्ने प्रचलन छ र विपिनको शवको डीएनए परीक्षणपछि मात्रै हस्तान्तरण भएको थियो।

४ कात्तिक, काठमाडौं । जीवित छन् भन्दाभन्दै विपिन जोशीले संसार छोडेको २ वर्ष भइसकेको रहेछ । यस अवधिसम्म उनको शवलाई कसरी राखियो ? थाहा छैन ।

सोमबार मात्रै उनको शव नेपाल ल्याइयो, बन्द कफिनमा । यतिबेलासम्म उनको शरीर कस्तो अवस्थामा थियो ?

उनका परिवारलाई अन्तिम झलक भए पनि आफ्नो सन्तानको सग्लो रूप हेर्ने इच्छा हुँदो हो ।

तर, त्यो इच्छा पनि पूरा भएन । किनभने, विपिनको अस्थिरपञ्जर मात्रै बाँकी थियो ।

मंगलबार कञ्चनपुरस्थित महाकाली नदी किनारमा उनको अन्त्येष्टि भइसकेको छ ।

टाउकोमा गोली हानेर मारिएको थियो

दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिनलाई हमास लडाकुले नियन्त्रणमा लिएर हत्या गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन एक महिनामै हमासको आक्रमणमा परेका थिए ।

हमास लडाकुहरू गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टोबर ७ मा आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।

तर, इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा गत २८ असोजमा इजरायली सेनाले विपिनको सन् २०२३ तिरै हत्या पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

इजरायलको द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनको रिपोर्टअनुसार विपिनको टाउकोमा गोली लागेर मुत्यु भएको उल्लेख गरिएको छ ।

उक्त रिपोर्टअनुसार आंतकवादी हमलाका कारण विपिनको मृत्यु भएको हो ।

उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सैनिक अस्पताल लगेर डीएनएको परीक्षण भएको थियो ।

आमा र बुवाको डीएनए र शवको डीएनए म्याचिङ भएपछि मात्रै शव हस्तान्तरण भएको थियो ।

किन भएन नेपालमा पोस्टमार्टम ?

स्वदेशमा विपिनको शव आएपछि सामाजिक सञ्जालमा धेरैको प्रतिक्रिया नेपालमा पनि पोस्टमार्टम गर्नुपर्ने आएको थियो ।

मृत्युको कारण पत्ता लागिसकेकाले परिवारका सदस्य भने पोस्टमार्टम नेपालमा गर्न नपर्ने जनाएका थिए ।

यस विषयमा हामीले विदेशमा गरिएको पोस्टमार्टम पुन: नेपालमा गर्ने प्रचलन छ कि छैन भनेर वरिष्ठ फरेन्सिक विशेषज्ञसँग जिज्ञासा राख्दा परिवारको सहमतिको आवश्यकता हुने बताए ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार विदेशबाट शव नेपाल आउँदा पोस्टमार्टम गर्ने वा नगर्ने निर्णय परिवार र राज्यको सहमतिमा निर्भर हुन्छ ।

यदि परिवारले विदेशमा भएको पोस्टमार्टमको रिपोर्टलाई स्वीकार गर्दा नेपालमा थप पोस्टमार्टम गर्नु आवश्यक हुँदैन ।

तर, यदि परिवारले चित्त नबुझाएर प्रहरीमा उजुरी दियो वा राज्यलाई शंका लाग्यो भने राज्यले पोस्टमार्टम गर्नसक्छ ।

उनका अनुसार विदेशबाट आएका शवको पुनः नेपालमा पोस्टमार्टम गरिएको छैन ।

‘नेपालमा विदेशबाट आएका अधिकांश शव, विशेषगरी खाडी मुलुकबाट दुर्घटनामा परेका शवहरूमा पोस्टमार्टम हुँदैन,’ डा. चौधरीले अनलाइखबरसँग भने, ‘ ती शवहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार पोस्टमार्टम भइसकेका हुन्छन् । हाम्रो पोस्टमार्टमको रिपोर्ट पनि विश्वव्यापी रूपमा मान्य हुन्छ ।’

विपिनको शव अस्थिपञ्जरको रूपमा रहेको र मृत्यु भएको दुई वर्ष बितिसकेको अवस्थामा पोस्टमार्टमबाट मृत्युको कारण पत्ता लगाउन कठिन हुने डा. चौधरी बताउँछन् ।

उनका अनुसार यदि गोली लागेर मृत्यु भएको हो र हड्डीमा गोलीको चोट छ भने मात्र केही पत्ता लाग्न सक्थ्यो । तर शरीरको मासु गलेर अस्थिरपञ्जर मात्रै बाँकी हुँदा मृत्युको कारण पत्ता लगाउन सम्भव हुँदैन ।

यस्तो अवस्थामा शव पहिचानको लागि मात्रै डीएनए परीक्षण मात्रै हुन्छ ।

वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती पनि अन्तर्राष्ट्रिय स्तरमा गरिएको पोस्टमार्टमको विश्वसनीयता गर्नुपर्ने बताउँछन् ।

उनका अनुसार विदेशमा गरिएको पोस्टमार्टमलाई सामान्य अवस्थामा नेपालमा पुनः परीक्षण नगर्ने प्रचलन छैन ।

‘अन्तर्राष्ट्रिय स्तरका देशहरूमा पोस्टमार्टमको मापदण्ड हाम्रो भन्दा उच्च हुन्छ । त्यहाँका विशेषज्ञ र अस्पतालहरूले गरेको पोस्टमार्टमको डकुमेन्टलाई हामीले विश्वास गर्नुपर्छ,’ वस्तीले अनलाइनखबरसँग भने, ‘विवाद वा शंका उत्पन्न भएमा मात्रै नेपालमा पुनः पोस्टमार्टम हुनसक्छ । तर सामान्यतया यस्तो गरिएको छैन ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More