― Advertisement ―

NYT Strands संकेत र जवाफ बुधवार, अप्रिल 22 को लागि (खेल #780)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsसरकारलाई शेखरको प्रश्न-पूर्वप्रधानमन्त्रीलाई स्थान हद तोकेर कस्तो चुनाव गर्न खोजेको ?

सरकारलाई शेखरको प्रश्न-पूर्वप्रधानमन्त्रीलाई स्थान हद तोकेर कस्तो चुनाव गर्न खोजेको ?



५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजेको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

मोरङको विराटनगर महानगरपालिका–६ मा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले अन्तरिम सरकारले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद लगाइएको प्रति आपत्ति जनाएका हुन् ।

‘देशको पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति, पार्टीको प्रमुख व्यक्तिलाई उपत्यका बाहिर जान नपाइने भनेको छ । अनि सरकार अर्कोतिर के भन्दै छ भने म चुनाव गराउँछु,’ कोइरालाले आश्चर्य प्रकट गर्दै भने, ‘यो कस्तो चुनाव गर्न खोज्दै छ ।’

कांग्रेसले विगतमा भएका चुनावजस्तै आगामी प्रतिनिधिसभा निर्वाचन होस् भन्ने चाहेको उनले बताए । ‘पहिले जसरी चुनाव हुन्थ्यो, त्यसरी चुनाव होस् र सबै राजनीतिक दलहरूले भाग लिउन् भन्ने हाम्रो चाहना हो,’ कोइरालाले भने, ‘नेपाली कांग्रेसले त निर्णय नै गरेको छ, हामीहरू चुनावमा जान्छौं भनेर ।’

नेता कोइरालाले निर्वाचनमा जानका लागि सरकारले वातावरण बनाउनुपर्नेमा पनि जोड दिए । ‘जुन सरकारले गर्नुपर्ने, सरकारले दिनुपर्ने हो, त्यो दिनुपर्‍यो चुनावमा जानको लागि । कैदीहरू जुन फरार छन्, पाँच हजारभन्दा बेसी कैदीहरू आजको दिन पनि फरार छन्,’ उनले भने, ‘सार्प सुटरहरू फरार छन्, तिनीहरूलाई फेरि समातेर जेलमा हाल्नुपर्‍यो । सँगसागै पाँच–सात सय हतियारहरू लुटिएका छन्, पुलिसका ती हतियार पनि लिनुपर्‍यो । सरकार त्यतातिर ध्यान दिइराखेको छैन ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More