― Advertisement ―

यो ठूलो एआई-संचालित घोटालाले गुगल डिस्कभर फिडहरू अपहरण गर्दैछ र लाखौं यन्त्रहरूमा नक्कली अलर्टहरू र भ्रामक सूचनाहरू भरिरहेको छ।

विश्वव्यापी सामाग्री मापन गर्नका लागि एआई अभियानमा पुष्पगण्डा गर्दैनौं। घोटालाहरूगुगल डिस्कभरलाई भ्रामक घोटाला सामग्री डेलिभर गर्न दुरुपयोग गरिएको छप्रयोगकर्ताहरूलाई लगातार धम्कीहरू प्रदान गर्ने सूचनाहरू...
HomeLatest newsमौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ अब नेपालीमा – KhabarHost

मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ अब नेपालीमा – KhabarHost



५ पुस, काठमाडौँ । ऐतिहासिक १९५० को फ्रान्को-नेपाली पर्वतारोहण टोलीका नेता मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण: प्रिमियर ८०००’ को नेपाली संस्करण बजारमा आएको छ ।

नेपालस्थित फ्रान्सेली दूतावास र एलायन्स फ्रान्सेली दे काठमाडौंले बिहीबार पुस्तकको नेपाली अनुवादको विमोचन गरेका छन्।

उक्त टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी ८,००० मिटरभन्दा अग्लो चुचुरो चुम्ने पहिलो कीर्तिमान कायम गरेको थियो। यो नेपाली संस्करणले यस ऐतिहासिक वृत्तान्तलाई नेपालका धेरै पाठकहरूको पहुँचमा पुर्‍याएको छ।

नेपाली संस्करणको अनुवादका लागि फ्रान्सेली दूतावासले आर्थिक सहयोग गरेको हो भने यसलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।

सो अवसरमा राजदूत कोर्तेवलले भनिन्, ‘नेपाली पाठकहरूले असाधारण प्रतिध्वनि बोकेको यो साहसिक र अनुपम कथा, पर्वतारोहणको इतिहासको एक अद्वितीय क्षण र नेपाल र फ्रान्सलाई आजसम्म जोड्ने मित्रतालाई यस पुस्तक मार्फत खुसीसाथ बुझ्नेछन् भन्ने आशा गरेका छौं ।’

कार्यक्रममा पुस्तकका अनुवादक एवं एलायन्स फ्रान्सेलीका फ्रान्सेली भाषा शिक्षकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले नेपाली अनुवादका केही छानिएका अंशहरू वाचन गरेर सुनाएका छन् ।

पुस्तक विमोचन कार्यक्रममा पर्वतारोही पूर्णिमा श्रेष्ठ र पत्रकार कुन्द दीक्षितबीच पर्वतारोहण र अन्नपूर्ण हिमालका विभिन्न पक्षहरूमा केन्द्रित रहेर संवाद समेत भएको थियो।

संवादका क्रममा श्रेष्ठले पुस्तक पढ्दाको आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘पुस्तकका केही भागहरू पढ्दा मलाई फेरि अन्नपूर्ण हिमाल चढिरहेको जस्तो महसुस भयो।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More