― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsसबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे – KhabarHost

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे – KhabarHost



२५ कात्तिक, काठमाडौं । यो संयोग नै भनौं, किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीका दिन ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराए । यो कुलमानकै पार्टी हो, तर उनी दृश्यमा कतै छैनन् ।

पूर्वऊर्जासचिव अनुप उपाध्याय पार्टी अध्यक्ष बनेका छन् । ५१ सदस्यीय केन्द्रीय समितिका कुनै पनि वरियतामा कुलमानको नाम छैन । इन्जिनियरहरूको लामो लाइन छ । आदिवासी जनजाति तथा पहिचान राजनीतिमा सक्रियहरूको संख्या पनि ठूलै छ ।

‘निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय समितिको सूचीमा कुलमानजीको नाम छैन, तर यो उहाँकै अगुवाइमा खुलेको दल हो,’ पार्टीका नेता जितराम लामाले अनलाइनखबरलाई भने, ‘उहाँ नै पार्टीको अध्यक्ष बन्ने तयारी थियो, तर सरकारको काम यति बेला महत्वपूर्ण छ भनेर बाहिरै बस्न आग्रह गर्‍यौं । पछि उहाँ आएर केन्द्रीय अध्यक्ष बन्नुहुन्छ ।’

राष्ट्रिय विभूति समेत रहेका किरात धर्मगुरु फाल्गुनन्दको सत्यहाङ्मा पन्थमा विश्वास गर्ने किरात धर्म साहित्य उत्थान संघका पूर्व केन्द्रीय अध्यक्ष तथा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, पहिचानवादी अगुवा प्राध्यापक महेन्द्र लावतीसहितको टिमले कुलमानलाई साथ दिने छ । थेगिम यसअघि इलाम–२ को उपचुनावमा मुढा चिह्न लिएर लडेका थिए । उनी एमालेका सुहाङ नेम्वाङसित पराजित भई तेस्रो नम्बरको मतसंख्यामा सीमित रहे ।

पहिचानवादी नेता लावती पन्चायतकालीन नेता तथा राप्रपाका दिवंगत नेता पद्मसुन्दर लावतीका छोरा हुन् । उनले पहिचानसहितको संघीयताका लागि लामो समयदेखि वकालत गर्दै आएका छन् ।

‘बालेन, जेनजी, नाउपा, थरुहट सबैको समर्थनमा पार्टी बनेको हो,’ लावतीले दाबी गरे, ‘हामी सबैलाई समेट्छौं । एउटा बलियो पार्टी बनाएर नेपालको विकास गर्छौं ।’

लावतीले दाबी गरे पनि यस पार्टीमा बालेन पक्षबाट को सामेल भयो भन्ने खुलेको छैन । जेनजी अभियन्ताहरूले आफूहरू कुलमानसँग नरहेको भन्दै हिजो सोमबारको छलफल निष्कर्षविहीन बनेको सुनाए ।

‘कुलमानजीले हिजोको वार्तामा केही सकारात्मक कुरा पनि गर्नुभएको थियो, तर जेनजीलाई नेतृत्व दिन राजी हुनुभएन, आफूले नै नेतृत्व गर्ने चाहना देखाउनुभयो, त्यो सबैलाई मान्य भएन,’ सुदन गुरुङ संयोजक रहेको हामी नेपाल नामक गैरसरकारी संस्थामा आबद्ध जेनजी अभियन्ता अनिल बानियाँले भने, ‘जेनजी विद्रोह संस्थागत नभई व्यक्तिकेन्द्रित बहस नगरौं भन्यौं, तर कुलमानजीलाई किन हतार भयो होला, बुझ्न सकिएन ।’

जेनजीले विद्रोह गरेकाले कुलमानसँग आफूहरू नजाने, तर आफ्नो एजेन्डामा सहमत भए नेता मान्न सकिने स्पष्ट अडान राखे पनि सुनुवाइ नभएको जेनजी अगुवाहरूको भनाइ छ । कुलमानले दलको नाम र चिह्नमा उज्यालो नेपाल र बल्बभन्दा विकल्प रोज्न तयार नै नभएपछि वार्ता सफल नभएको उनीहरूले बताए ।

जेनजीका केही सरोकारमा लचिलो भएको भए कुलमान नै पार्टीको अगुवा बन्ने सम्भावना रहे पनि मंगलबार दिउँसोसम्म कुनै सकारात्मक निष्कर्ष ननिक्लेपछि सुदन गुरुङ समूह पछि हटेको थियो । उनीहरूका अनुसार सोमबार राजधानीको एक ठाउँमा भएको छलफलबाट छुट्ने बेलामा कुलमानले केही सकारात्मक आशा पनि जगाएका थिए, जसको कार्यान्वयन मंगलबार दिउँसोसम्म हुन सकेन ।

‘कुलमानजी राजनीतिक व्यक्ति होइन, उहाँको पारा सरकारी भयो– हुन्छ, गर्छु हस् भन्ने, तर केही नगर्ने,’ एकता वार्तामा रहेका एक अगुवाले भने, ‘छलफललाई लम्ब्याउँदै लगेर उहाँले निर्वाचन आयोगमा दल दर्ता गर्ने समय सीमित भएका बेला फ्याट्ट दर्ता गराउनुभयो । पार्टी अध्यक्ष हुँदै प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षा अनुकुल कमिटी बाहिर आएको छ ।’

तर, कुलमान निकट नेता जितराम लामाले लगभग एक महिनायता निरन्तर भइरहेका छलफललाई अब टुंगो दिनैपर्ने भएकाले दल दर्ता भएको, यसपछि पनि बृहत्तर सहकार्य र एकताको ढोका खुला रहने भन्दै आशावादी हुन आग्रह गरे ।

लामाले भने, ‘कुलमानजीले चाहेको भए अहिले नै अध्यक्ष बस्न सक्नुहुन्थ्यो, तर सरकारमा बसेर परिवर्तनले दिएको जिम्मेवारी पूरा गर्दैहुनुहुन्छ । हामी सबै मिलेर साझा लक्ष्यमा हिँडाउने पार्टी बनाउँ । अझै पनि छलफल चल्छ । हाम्रो बीचमा भइरहेको कुरा यहीँनेर सकिएको छैन ।’

काठमाडौं मेयर बालेनसँग निकट नेताहरूले उज्यालो नेपाल पार्टीमा आफूहरू सामेल नभएको स्पष्टीकरण दिए । कुलमानसँग चरणबद्ध छलफल भएको बताए पनि उनीहरूले कुलमानले संवादमा आउन लचिलोपना नदेखाएको भन्दै आफूहरू उनीसँग सहकार्यमा नरहेको अनलाइनखबरलाई जानकारी दिए ।

कुलमान पक्षले आयोगलाई बुझाएको सूचीमा भएका केही नेताले आफू केन्द्रीय समितिमा बिनाजानकारी राखिएको भन्दै आपत्ति जनाएका छन् । टासी ल्हाजोम लगायत केही नेताहरूले आपत्ति जनाउँदै आफूहरू दलसँग आबद्ध नभएको बताएका हुन् ।

अन्तिम अवस्थामा कुलमानको पार्टीमा किन जोडिएन सुदन समूह ?

सोमबार भएको सहमतिअनुसार कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा सुदन गुरुडको समूह पनि जोडिने पक्कापक्की भइसकेको थियो । लामो समयको रस्साकस्सीपछि कुलमान, बालेन समूह, पहिचानवादी मोर्चा र सुदन समूहका जेनजी प्रतिनिधि केन्द्रीय कमिटीमा रहने सकारात्मक अवस्था पनि बन्न लागेको थियो ।

स्रोतका अनुसार ६ वटा प्रदेशका जेनजी संयोजकसहित केही अगुवा कुलमानको पार्टीमा रहने भन्दै केन्द्रीय कमिटीको सूचि तयार गरिएको थियो । सोही सूची मंगलबार निर्वाचन कार्यालयमा लिएर जाने पक्कापक्की भएको थियो ।

उक्त सूचीमा बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्काको नाम केन्द्रीय कमिटीमा राखिएको थियो ।

यसबाहेक सुदन समूहकै अन्य केही अगुवा पनि सो पार्टीमा जाने उज्यालो नेपाल पार्टी निर्माणमा लागेकाको दाबी छ । तर, मंगलबार दिउँसो सुदन समूहले उक्त पार्टीमा आफ्नो तर्फबाट कोही पनि नरहने भन्दै नाम हटाउन अनुरोध गर्‍यो । मंगलबार केहीबेर उक्त समूहलाई त्यहाँ अटाउन कसरत भएपनि उज्यालो नेपालका नेताहरू सफल हुन सकेनन् ।

ती नेताका अनुसार सुदन समूहले आधारभूत कुरामा विमती नरहेपनि आफूहरू तत्काल यसमा जोडिन नसकिने बताएका थिए । बरु पछि सहकार्य गर्नसकिने भन्दै सुदन समूहले नाम हटाउन भनेको थियो ।

‘प्रदेश संयोजकहरू त पार्टीमा रहन चाहनुहुन्थ्यो । तर, पछि सुदनजीले नै आफूहरू अहिले नजोडिने बताएपछि सबै पछि हटे,’ ती नेताले भने, ‘सदुनजीले भनेअनुसार उहाँहरूले अर्को पार्टी दर्ता गर्दै हुनुहुन्छ रे । बरु त्यो पार्टी बनाएर पछि एकीकरणको माध्यमबाट आफूहरू जोडिन र सहकार्य गर्नसक्ने बताएपछि उहाँहरूको नाम हटाइएको थियो ।’

सुदनले भने आफूले उक्त कुरा नभनेको बताए । पार्टी बनाएर फेरि जोडिने कुरा आफूले नगरेको उनले बताए ।

‘म आफैँ त जोडिएकै थिइनँ । प्रदेश संयोजकका प्रमुख भाइहरूलाई पनि आफ्नो इच्छाले गर भनेको हो । मैले आफूले हस्तक्षेप गरेको छैन । उनीहरूले आफ्नो सबैजना छुटिएर जानुहुँदैन भन्नेमा थिइनँ । त्यसैले मिलाउन प्रयत्न गरेको हो, यसबाहेक थाहा छैन,’ गुरुङले भने ।

त्यस्तै, एक प्रदेश संयोजकले भने सबैजना एक ठाउँमा आउने भनिएकाले आफूहरूले नाम दिएको तर पछि कुलमान घिसिड एक्लै हुने भएपछि पछि हटेको बताएका छन् । ‘हामीले सबै जेनजी अनि वैकल्पिक शक्तिमा काम गरेकाहरू एक ठाउँमा हुने भनेर नाम दिएको हो । तर, पछि कुलमान जी मात्र हुने देखिएपछि पछि हटेका हौँ,’ नाम नखुलाउने सर्तमा उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More