― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsसन् २०२५ मा सबैभन्दा धेरै सुनिने गीत बन्यो ‘डाई विथ अ स्माइल’,...

सन् २०२५ मा सबैभन्दा धेरै सुनिने गीत बन्यो ‘डाई विथ अ स्माइल’, १.७ अर्ब पटक सुनियो


राष्ट्रिय

समाचार.

  • लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ।
  • स्पोटीफाईले सार्वजनिक गरेको ‘स्पोटीफाई र्‍याप्ड’ सूचीमा ‘डाई विथ अ स्माइल’लाई १.७ अर्ब पटक सुनेको तथ्य उल्लेख गरिएको छ।
  • के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’की स्टार ‘रोजी’सँग मिलेर ब्रुनो मार्सले गाएको ‘एपीटी’ गीत तेस्रो स्थानमा रहेको छ।

काठमाडौं । लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ ।

विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ ।

रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ स्टार ‘रोजी’सँग मिलेर ब्रुनो मार्सले गाएको अर्को बहुचर्चित ‘एपीटी’ गीत तेस्रो स्थानमा छ । दोस्रो स्थानमा भने बिली इलिशको ‘बर्ड्स अफ अ फिदर’ छ ।

एलेक्स वारेनको ‘अर्डिनरी’ चौंथो, ब्याड बन्नीको ‘डिटीएमएफ’ पाँचौ, सोम्बरको ‘ब्याक टु फ्रेन्ड्स’ पाँचौ, एन्टर एक्सको ‘गोल्डेन’ छैटौं स्थानमा स्ट्रिमिङ भएका छन् ।

केन्ड्रिक लामारको ‘लुथर’ सातौं, ग्रेसी अब्राम्सको ‘द्याट्स सो ट्रु’ आठौं, बिली इलिशको ‘वाइल्ड फ्लावर’ नवौंमा र गिगी पेरेजको सेलर सङ दशौं स्थानमा छन् ।

समग्र सूची तपाईंले स्पोटीफाईको र्‍याप्ड खण्डबाट प्राप्त गर्न सक्नुहुन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More