― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsशाहबको कीर्तिमान, काठमान्डुको प्लेअफमा उडान – KhabarHost

शाहबको कीर्तिमान, काठमान्डुको प्लेअफमा उडान – KhabarHost


शाहबले एकै ओभरमा ह्‍याट्रिकसहित ४ विकेट लिएर एनपीएलकै कीर्तिमान बनाउँदा काठमान्डुले पनि प्लेअफको उडान भर्न सफल भयो ।

राष्ट्रिय

समाचार.

  • शाहब आलमको ह्याट्रिकसहित ६ विकेटको शानदार बलिङमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई हरायो।
  • शाहब आलमले एकै ओभरमा ४ विकेट लिएर एनपीएलमा पहिलो पटक एक ओभरमा ४ विकेट लिने कीर्तिमान कायम गरे।
  • काठमान्डु प्लेअफमा पुग्दा पोखराको प्लेअफ सम्भावना कमजोर बनेको छ ।

१८ मंसिर, काठमाडौं । भनिन्छ क्रिकेटमा एक बलले मोमेन्टम परिवर्तन गर्छ अनि एक ओभरले खेलकै नतिजा बदल्न सक्छ, कीर्तिमान बन्न पनि एक ओभर नै पर्याप्त हुन्छ ।

बिहीबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीचको खेलमा पनि त्यस्तै भयो । काठमान्डु गोर्खाजले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा एक समय खेलमा अगाडि देखिएको पोखरा एभेन्जर्स अन्तिममा पराजित भयो ।

१६ ओभरमा १३०-४ को अवस्थामा रहेको पोखरालाई २४ बलमा ३६ रन आवश्यक थियो, जुन् टी-२० क्रिकेटमा कठिन होइन, विशेषगरी क्रिजमा दुई सेट ब्याटर भएको अवस्थामा । तर त्यही अवस्थाबाट काठमन्डुले खेलमा कमब्याक गरेर अन्त्यमा खेल नै जित्न सफल भयो ।

१७औं ओभरमा बलिङ गर्न आएका करण केसीले श्रीलंकन ब्याटर धनन्जय लक्षनलाई आउट गर्दै लक्षन र ऋषि धवनबीच बनेको ७६ रनको साझेदारी तोडे । त्यो त्यही बल थियो जसले खेलको मोमेन्टम काठमान्डुतर्फ फिर्ता ल्याएको थियो । त्यो ओभरमा ५ रन मात्र आयो ।

त्यसपछिको ओभरमा ६ रन र १ विकेट आयो भने १९औं ओभरमा बलिङमा आएका करणले फेरि ५ रन मात्र खर्चे । पोखरालाई अब ६ बलमा २० रन आवश्यक थियो र करण केसीसँग राशिद खान र आदिल आलमको पेस बलिङ विकल्प बाँकी हुँदाहुँदै बाँयाहाते स्पीनर शाहब आलमलाई बलिङ गराए ।

शाहबले अन्तिम ओभरमा ह्‍याट्रिकसहित ४ विकेट लिँदै कूल ६ विकेट लिएर कीर्तिमान नै कायम गरे, काठमान्डुले खेल जित्दै प्लेअफमा स्थान पक्का गर्‍यो ।

सुरुवाती खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएपछि दुई हार बेहोरेर लय गुमाएको काठमान्डुले त्यसपछि लगातार ४ खेल जितेर प्लेअफको उडान भरेको हो । यस उडानमा विदेशी खेलाडीसँगै नेपाली युवा बलर शाहब पनि नायक बने ।

शाहबले बनाएको कीर्तिमान

कप्तान करण केसीले २०औं ओभरमा २० रन डिफेन्ड गर्नका लागि शाहबलाई बल थमाउनुअघि उनले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए । स्ट्राइकमा सेट ब्याटर ऋषि धवन थिए, जो अर्धशतक बनाएर खेलिरहेका थिए ।

२० रन आवश्यक हुँदा ब्याटर ठूला शटकै लागि जाने र विकेट पनि प्राप्त हुने सम्भावना रहन्छ । सर्कल बाहिरका ५ जनै फिल्डर बाउन्ड्री लाइनमै थिए । शाहबको पहिलो बलमा अगाडि बढेर लङअनमा शट खेलेका धवन क्याचआउट भए । बाउन्ड्रीमै रहेका मिलिन्द कुमारले राम्रो जजमेन्टका साथ क्याच पूरा गरे । सेट ब्याटरको विकेट गुमेपछि काठमान्डुले केही राहतको सास फेरेको थियो ।

त्यसपछि ब्याटिङमा आए बिपिन खत्री, जो पहिलो बलमै रिभर्स खेल्ने धुनमा एलबीडब्लु धरापमा फसे । त्यसपछि आएका आकाश चन्दले पनि ठूलो शट खेल्दा लङअनमा क्याच आउट भए, अनि पूरा भयो शाहबको ह्याट्रिक । केही बेर अघिसम्म एउटा जितको खोजीमा मात्र रहेका काठमान्डुका खेलाडीहरू एउटा कीर्तिमानकै साक्षी बने । यो एनपीएल इतिहासकै पहिलो ह्याट्रिक थियो ।

त्यसपछि ब्याटिङमा आएका सागर ढकालले शाहबलाई छक्का प्रहार गरे भने अन्तिम बलमा सागर पनि क्याच आउट भएपछि शाहबको एकै ओभरमा ४ सहित विकेट संख्या ६ पुग्यो। एकै ओभरमा ४ विकेट लिनु पनि अर्को एउटा कीर्तिमान थियो । एनपीएलमा पहिलोपटक कुनै बलरले एकै ओभरमा ४ विकेट लिएका थिए र ती बलर रहे शाहब ।

एनपीएलमा एकै खेलमा ६-विकेटको प्रदर्शन दोस्रोपटक आएको हो । यस सिजन भने पहिलोपटक भएको हो । गत सिजन कर्णाली याक्सका विलियम बोसिस्टोले ६ विकेट लिएका थिए ।

चार्ल्सवर्थ र भीमको शानदार ब्याटिङ

दोस्रो इनिङको रोमाञ्चअघि आजको खेलको पहिलो इनिङमा दुई खेलाडीको प्रदर्शन शानदार रह्यो । इंग्लिस ब्याटर बेन चार्ल्सवर्थ र नेपाली ब्याटर भीम सार्की ब्याटिङमा शानदार देखिए।

ओपनिङमा आएका चार्ल्सवर्थले अर्को एन्डमा विकेट गएको दर्शन गरिरहेका थिए । उनीसँगै ओपनिङमा आएका आकाश त्रिपाठी शून्यमै आउट भएका थिए भने राशिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ अनि आदिल आलम ७ रनमा आउट भएपछि काठमान्डु १४औं ओभरमा ७९-५ को अवस्थामा पुगेको थियो । ब्याटिङमा चार्ल्सवर्थलाई साथ दिन आए भीम सार्की ।

१४ ओभरको समाप्तिमा ८२-५ को अवस्थामा रहेको काठमान्डुका लागि त्यसपछि भीम सार्कीले आक्रामक ब्याटिङ गर्न थाले । १९ बलमै अर्धशतक पूरा गरेर टोलीलाई फिनिसिङ दिलाए । २३ बलमा ५ चौका र ४ छक्कासहित ५५ रन बनाएर उनी आउट हुँदा काठमान्डुले अघिको स्कोर लगभग डबल गरिसकेको थियो ।

चार्ल्सवर्थले ५५ बलमा ६४ रनको अविजित पारी खेले। काठमान्डुले १६५ रनको योगफल खडा गरेर त्यसलाई डिफेन्ड गर्न सक्यो । प्लेयर अफ द म्याच भीम सार्की घोषित भए ।

सुरुवाती २ खेल खेलेपछि त्यसपछिका ३ खेलमा भीम ड्रप भएका थिए । अघिल्लो खेलदेखि टोलीमा फर्किएका भीमले टिमलाई चाहिएको बेला प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताए । ‘टिमको कम स्कोर थियो, मलाई धेरै रन बनाउँछु भन्ने नै सोच थियो’ उनले भने । शाहब आलमको बलिङ अनि चार्ल्सवर्थको ब्याटिङले खेल जित्ने आधार बनेको भीमको भनाइ थियो ।

‘योजना अनुसारकै प्रदर्शन भइरहेको छ र अहिले नतिजा हाम्रो पक्षमा आउन थालेको छ’ भीमले भने । नेपाली टोलीमा पर्ने सम्भावनाबारेको प्रश्नमा भीमले आफूले सकेको बेस्ट पर्फमेन्स दिने र बाँकी कुरा आफ्नो नियन्त्रणमा नहुने भएकाले धेरै त्यसतर्फ ध्यान नदिएको बताए ।

यस्तै बेन चार्ल्सवर्थले खेलपछि कुरा गर्दै आफूले खेल डिप लैजान खोजेको र भीमको आगमनले सजिलो भएको बताए । ‘पिच सजिलो थिएन, भीम क्रिजमा आएपछि उसले म अट्याक गर्छु भनेर मलाई चाहिँ अहिलेकै जसरी खेल्न सुझाएका थिए, मलाई पनि अट्याकिङ नै खेल्न मन थियो तर भीमले धेरै नै राम्रो गरे’ उनको भनाइ थियो ।

चार्ल्सवर्थले शाहब आलमको बलिङको प्रशंसा गर्दै उनी राम्रो बलर भएको बताए । ‘यो प्रतियोगितामा उनले राम्रो गरिरहेका छन्, लेन्थ पनि राम्रो छ, कन्सिस्टेन्ट छन्’ उनले भने ।

पोखराले भेटाएन लय 

सुरुवाती ४ खेलमा १ जित मात्र निकालेपछि टोलिमा विदेशी खेलाडीसहितका केही परिवर्तनसहित पाँचौं खेल जितेर पोखराले सकारात्मक संकेत गरेको थियो । विदेशी खेलाडी एडम रोसिङटनको लय अनि जेसन रोय, धननज्य लक्षन र ऋषि धवनको आगमनले बलियो देखिएको पोखराले छैटौं खेलमा सोही लय दोहोर्‍याउन सकेन ।

पाँचौं खेलमा शतक बनाएका रोसिङटन र राम्रो ब्याटिङ गरेका रोय आजको खेलमा नचलेपनि लक्षन र ऋषिले भने ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेका थिए । तर टोलीको जितका लागि भने पर्याप्त रहेन ।

खेलपछि कुरा गर्दै लक्षनले सुरुवाती १० ओभरमा खेलमा पछाडि परेपनि पछि खेल क्लोज भएको र अन्त्यमा सम्हालिन नसक्दा हार बेहोरेको बताएका थिए । उनले आफ्नो विकेट गुम्नुले मोमेन्टम चेन्ज भएको बताए ।

हारपछि पोखराको प्लेअफ सम्भावना भने अब कमजोर बनेको छ । ६ खेलमा ४ अंक मात्र भएको पोखराले अब समान खेलमा समान अंक भएको चितवन राइनोजसँग खेल्न बाँकी छ ।

अब शुक्रबार हुने खेलको नतिजाले पोखराको भाग्य निर्धारण गर्नेछ । जनकपुर र लुम्बिनीबीचको खेलमा लुम्बिनी विजयी भएमा पोखरासहित चितवन र जनकपुर बाहिरिने छन् ।

जनकपुरले लुम्बिनीलाई हराएमा भने ४ वटै टोलीको ६ अंक हुने हुँदा नेटरनरेट राम्रो हुने टोली प्लेअफमा पुग्नेछ ।





Read More