― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsसद्‍भाव खलल पुर्‍याउने एसएमएस पठाइएमा सम्झौता रद्द हुन सक्छ – KhabarHost

सद्‍भाव खलल पुर्‍याउने एसएमएस पठाइएमा सम्झौता रद्द हुन सक्छ – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल टेलिकमले जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‍भावमा खलल पुर्‍याउने एसएमएस सन्देश प्रवाह नगर्न सेवा प्रदायकलाई सचेत गराएको छ।
  • टेलिकमले भ्यालु एडेड सर्भिस सेवा प्रदायकलाई पुनः दोहोर्‍याएमा सम्झौता रद्द गर्न सकिने चेतावनी दिएको छ।
  • सेवा प्रदायकले सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर र विवरण टेलिकमबाट पाएको छैन र आपत्तिजनक सन्देश पठाएको गुनासो आएको छ।

२ माघ, काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‍भावमा खलल पुर्‍याउने प्रकृतिका एसएमएस सन्देश प्रवाह नगर्न सम्बद्ध सेवा प्रदायकलाई सचेत गराएको छ ।

टेलिकमसँग सम्झौता गरेर विभिन्न भ्यालु एडेड सर्भिस सेवा प्रदायकले एसएमएसमा आधारित विभिन्न प्रकारका सन्देश सेवाग्राहीसमक्ष पठाउँछन् । एक विज्ञप्ति जारी गर्दै टेलिकमले भ्यालु एडेड सर्भिस सेवा प्रदायकलाई सचेत गराएको हो ।

‘जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्‍भावमा खलल पुर्‍याउने कार्य पुनः दोहोर्‍याएमा सम्झौताको प्रावधान बमोजिम दुई पक्ष बीचको सम्झौता नै रद्द गर्न सकिने छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

सेवा प्रदायकले नै सेवाग्राहीको आवश्यकता बमोजिमको सन्देश पठाउने र आवश्यक नियन्त्रण कार्य गर्दै आएका छन् । ‘यसका लागि नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउने गरेको छैन’ टेलिकमले भनेको छ ।

हाल केही सेवा प्रदायकले स्वीकृत व्यवसाय भन्दा फरक आपत्तिजनक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरमा समेत प्रवाह गरेको र यस सम्बन्धमा सेवाग्राही तथा राज्यको जिम्मेवार निकायहरुबाट समेत गुनासो प्राप्त भएको टेलिकमले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More