― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsसडक विस्तार हुने भएपछि धमाधम सामान बेच्दै हेटौंडाका व्यवसायी (तस्वीरहरू)

सडक विस्तार हुने भएपछि धमाधम सामान बेच्दै हेटौंडाका व्यवसायी (तस्वीरहरू)


राष्ट्रिय

समाचार.

  • हेटौंडाको मुख्य बजार सडक सीमा क्षेत्रभित्र ५ सय ३१ घरटहरा भत्काएर राष्ट्रिय राजमार्ग विस्तार गर्ने तयारी भइरहेको छ।
  • व्यवसायीहरूले सामानमा विशेष छुटसहित ‘सेल’ चलाएका छन् र बजारमा भीड बढेको छ।
  • सडक डिभिजनले २० मंसिरदेखि सडक विस्तारका लागि सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी गरेको छ।

१८ मंसिर, हेटौंडा । हेटौंडाको मुख्य बजारका सडक सीमा क्षेत्रभित्र निर्मित घरटहरा हटाउँदै सडक डिभिजन हेटौंडाले राष्ट्रिय राजमार्ग विस्तार गर्ने भएपछि व्यवसायीहरुले ‘सेल’ चलाएका छन् ।

बजार क्षेत्रका व्यवसायीहरुले सामानहरुमा सामान्य दिनको तुलनामा सस्तोमा बिक्री थालेका छन् ।

फर्निचर, कपडा तथा जुत्तालगायातका सामानहरुमा मूल्य घटाएर विशेष अफर, छुट भन्दै ‘सेल’ लगाइएको हो । सस्तोमा सामान पाइने भएपछि बजारमा थामिनसक्नु भीड लागेको छ ।

सर्वसाधारणको भीडले सीमाचोक, बुद्धचोक, पिपलबोटचोक, राप्तिरोडका दुवै सडक पेटीहरु भरिभराउ भएका छन् ।

भीड सडक छेउबाटै हिँड्डुल गर्न थालेपछि बुद्धचोक र राप्तिरोडमा ट्राफिक व्यवस्थापनमा कठिनाईसमेत भएको छ । सडक पेटीमै राखेर सामानहरु बिक्री भइरहेको छ ।

व्यवसायीहरू हाते माइक लगाएर ग्राहक बोलाउँदै गरेको दृश्य देख्न सकिन्छ ।

तयारी पोशाक व्यवसायी तेजराज अधिकारीले सडक भत्किने त्रासमा व्यवसायीहरूले सामान कटाउन सेल चलाएको बताउँछन् ।

२०७३ यता चार पटकसम्म सूचना निस्किएर पनि उच्च अदालत पाटन र सर्वोच्च अदालतमा मुद्दा परेकोलगायतका कारणले सडक विस्तार हुन सकेको थिएन । घरधनीहरूले हालेको मुद्दामा सर्वोच्च अदालतले विसं २०८० सालमै गरेको फैसलालाई टेकेर सडक डिभिजनले सडक विस्तारको सूचना ५ मंसिरमा निकालिसकेको छ ।

सडक विस्तारको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालयले सबै तयारी पूरा गरिसकेको जानकारी दिएको छ । घरधनी र व्यवसायीहरू मुआब्जा र क्षतिपूर्ति माग्दै प्रदर्शनमा उत्रिएका छन् । प्रशासनले प्रदर्शन नगर्न सूचना नै जारी गरेको छ ।

२० मंसिरदेखि हेटौंडा बजारको सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम अगाडि बढाउने डिभिजनको तयारी छ ।

सडक डिभिजनले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म गरेर ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने जनाएको छ ।

सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने देखिएको डिभिजन प्रमुख अधिकारीले जानकारी दिएका छन् ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ गरी दुई वटा राजमार्गको ८ दशमलव ५ किलोमिटर सडक विस्तार हुनेछ ।

तस्वीरहरू : नवीन तिमल्सिना/अनलाइनखबर





Read More