― Advertisement ―

१०-दिनको ब्याट्री लाइफको साथ उत्तम बजेट Fitbit अब अमेजनमा यो मूल्य कटौती पछि सुपर सस्तो छ

Google आफ्नो स्मार्टवाचहरू र फिटनेस ट्र्याकरहरू, तर यी उपकरणहरू तपाईंको स्वास्थ्य र व्यायाम ट्र्याक गर्नका लागि केही उत्कृष्ट विकल्पहरू हुन्। र अब, थप...
HomeLatest newsनर्सिङ सुन्दरीको प्रतियोगिता ‘मिस नेपाल पिस’ को आवेदन आह्वान

नर्सिङ सुन्दरीको प्रतियोगिता ‘मिस नेपाल पिस’ को आवेदन आह्वान


राष्ट्रिय

समाचार.

  • सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’ को नयाँ संस्करण डिसेम्बर २० गतेबाट सुरु हुने आयोजक नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।
  • प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् र आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ।
  • प्रतियोगिताको विजेताले नगद एक लाख र थाइल्यान्ड, चीन, भियतनाममा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने आयोजकले बताएको छ।

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गर्दै अडिसनबारे जानकारी दिएको हो ।

नर्सको लिडरसिपको विकास गर्दै उनीहरूको व्यक्तित्व निखार्ने उद्देश्यका साथ आयोजना हुँदै आएको प्रतियोगिताको केही अगाडिदेखि आवेदन खुला भएको थियो । प्रतियोगिताको छनोट चरणको अडिसन डिसेम्बर २० गतेबाट सुरु हुनेछ ।

प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । प्रतियोगिताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ । अडिसनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद एक लाख, थाइल्यान्डमा सन् २०२६ मा आयोजना हुने ‘मिस ग्लोबल’, चीनमा हुने ‘मिस वल्र्ड पिस’ र भियतनाममा आयोजना हुने ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्नुका साथै पाँच लाख बराबरको विभिन्न उपहारसमेत जित्न सक्ने उल्लेख छ ।

प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More