― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsसंक्रमित ३ मध्ये १ को मृत्यु – KhabarHost

संक्रमित ३ मध्ये १ को मृत्यु – KhabarHost


लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस डेंगुभन्दा पनि घातक बन्दै गएको छ । नेपालमा पछिल्लो एक वर्षमा यस रोगबाट संक्रमित ३३ प्रतिशतको मृत्यु भएको छ ।


८ पुस, काठमाडौं । नेपालमा डेंगुभन्दा निकै घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर चिन्ताजनक रूपमा बढिरहेको विज्ञहरूले बताएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार पछिल्लो एक वर्षमा संक्रमितमध्ये झन्डै ३३ प्रतिशतको मृत्यु भएको छ ।

शाखा प्रमुख डा. अभियान गौतमका अनुसार गत पुसदेखि हालसम्म १७९ जनामा संक्रमण पुष्टि भएकोमा ३५ जनाको मृत्यु भइसकेको छ । सन् २०२३ मा ७ जनाको मृत्यु भएकोमा सन् २०२४ मा यो संख्या बढेर २५ पुगेको छ ।

‘जेईको बढ्दो मृत्युदरले खतराको घन्टी बजाइरहेको छ,’ डा. गौतमले भने ।

हरेक तीन संक्रमितमध्ये एकको मृत्यु

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स जातको लामखुट्टेले सार्छ, जुन बिहान र बेलुका बढी सक्रिय हुन्छ । संक्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्दा लामखुट्टे स्वयं संक्रमित हुन्छ र त्यसले मानिसलाई टोक्दा संक्रमण सर्छ ।

डा. गौतमका अनुसार विशेषगरी तराई क्षेत्रमा जेईको संक्रमण बढी देखिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५५ जनामा संक्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ । जिल्लागत रूपमा चितवनमा सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ ।

नेपालमा जेई संक्रमण पुरानो भए पनि यसको औपचारिक निगरानी भने ढिलो सुरु भएको हो । डा. गौतमका अनुसार भारतको गोरखपुरमा सन् १९९० को दशकमा ठूलो प्रकोप देखिए पनि नेपालमा यस रोगको इतिहास अझ पुरानो छ ।

सन् १९७८ तिर रुपन्देहीमा संक्रमण देखिएको अनुमान छ । त्यतिबेला प्रयोगशाला पुष्टि गर्ने सुविधा नभएकाले लक्षणका आधारमा मात्र जेई भएको अनुमान गरिएको उनले बताए ।

सन् २०१४ मा जेई संक्रमणका कारण ४ जनाको मृत्यु भएको थियो । त्यसपछि केही समय मृत्युदर न्यून रह्यो । तर पछिल्ला तीन वर्षयता मृत्युदर तीव्र गतिमा बढेको तथ्यांकले देखाएको छ ।

डा. गौतमका अनुसार जापानिज इन्सेफलाइटिस डेंगुभन्दा घातक रोग हो ।

उनका शब्दमा, ‘डेंगु सार्ने लामखुट्टे दिउँसो टोक्छ भने जेई सार्ने लामखुट्टे राति टोक्छ । तथ्यांकले देखाउँछ-प्रत्येक तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुन्छ, एक जना अपांगता बोकेर बाँच्छन् र एक जना मात्र सामान्य अवस्थामा फर्कन्छन् ।’

यस वर्ष ८ हजार २६२ जनामा डेंगु संक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ ।

४० वर्षमाथिका व्यक्तिमा बढ्दो जोखिम

जापानिज इन्सेफलाइटिस फ्लेभी भाइरस समूहअन्तर्गत पर्ने भाइरसजन्य रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार एसियामा बर्सेनि झन्डै एक लाखमा लक्षणसहितको संक्रमण देखिन्छ । यसको अधिकतम मृत्युदर ३० प्रतिशतसम्म हुन सक्छ ।

डा. गौतमका अनुसार नेपालमा जेईको जोखिम ढाँचा अन्य देशभन्दा फरक देखिएको छ । सामान्यतया १५ वर्षमुनिका बालबालिकामा बढी देखिने यो रोग नेपालमा पछिल्ला वर्षहरूमा ४० वर्षमाथिका व्यक्तिमा बढी संक्रमण र मृत्यु गराइरहेको छ ।

‘संक्रमितमध्ये ९१ प्रतिशतले खोप नै नलगाएको पाइएको छ,’ उनले भने ।

भाइरसमा केही प्रकारको परिवर्तन भएको हुन सक्ने आशंका पनि गरिएको छ । यद्यपि यसबारे ठोस निष्कर्ष आउन बाँकी रहेको उनले बताए ।

उच्च मृत्युदरबारे थप अध्ययन भइरहेको भन्दै डा. गौतमले भने, ‘प्रारम्भिक अध्ययनले स्क्रब टाइफस जस्ता अन्य रोगसँगको संयोजनका कारण पनि मृत्युदर बढेको हुन सक्ने देखाएको छ ।’

धान खेती र पशुपालन क्षेत्रमा बढी जोखिम

जेई संक्रमण साउन–भदौ महिनामा बढी देखिन्छ । धान खेती हुने क्षेत्र तथा सुँगुर र हाँस पालन गरिने ठाउँमा जोखिम उच्च रहने विज्ञहरू बताउँछन् ।

संक्रमितमध्ये करिब ५० प्रतिशत कृषिमा आबद्ध व्यक्ति हुनु पनि यसको प्रमाण भएको डा. गौतमको भनाइ छ । धानखेतमा पानी जम्ने भएकाले लामखुट्टे प्रजननका लागि अनुकूल वातावरण बन्ने गर्छ । त्यस्तै, सुँगुर र हाँसमा भाइरस तीव्र रूपमा बढ्ने भएकाले संक्रमणको चक्र तीव्र हुन्छ ।

संक्रमित लामखुट्टेले सुँगुर वा हाँसलाई टोक्दा भाइरस हजारौं गुणा बढ्छ । त्यसपछि अर्को लामखुट्टेमार्फत मानिसमा संक्रमण सर्छ ।

लक्षण र दीर्घकालीन असर

धेरैजसो संक्रमितमा लक्षण सामान्य हुन्छ वा देखिँदैन । तर करिब २५० संक्रमितमध्ये एक जनामा स्नायु प्रणालीमा गम्भीर समस्या देखिने कडा अवस्था विकास हुन्छ ।

उपचारपछि बच्न सके पनि झन्डै ५० प्रतिशतमा जीवनभर असर पर्ने अपांगता देखिने विज्ञहरू बताउँछन् ।

कम्पन भइरहने, सुन्ने वा हेर्ने क्षमता गुम्ने, बोल्ने र स्मरणशक्ति कमजोर हुने, हातखुट्टा लुला हुनेजस्ता समस्या देखिन सक्छन् ।

संक्रमण भएको ४ देखि १४ दिनभित्र लक्षण देखिन थाल्छ । उच्च ज्वरो, टाउको दुखाइ, घाँटी कडा हुनु, अन्योल, मांसपेशी कडा हुनु, अचेत अवस्था र उपचारमा ढिलाइ भए मृत्यु समेत हुन सक्छ ।

खोप नै मुख्य सुरक्षा उपाय

Expanded access to Japanese encephalitis vaccine — Regional Development ...

जेईको प्रभावकारी नियन्त्रणको प्रमुख उपाय खोप हो । नेपालमा शिशुलाई १२ महिनाको उमेरमा जेईको खोप दिइन्छ । यो भाइरसजन्य रोग भएकाले यसको विशेष औषधि वा एन्टिभाइरल उपचार छैन ।

नेपालले विगत तीन दशकदेखि उच्च जोखिम क्षेत्रमा खोप अभियान सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवा विभागले देशभर उपचारसम्बन्धी गाइडलाइन जारी गरी चार हजार स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जनाएको छ ।

उपचार लक्षण र जटिलतामा आधारित हुन्छ । ज्वरो, कम्पन, टाउको दुखाइ लगायतका समस्याअनुसार उपचार गरिन्छ । प्रतिरोधात्मक क्षमता बलियो भएका व्यक्तिमा समयमै उपचार पाउँदा अवस्था सुधार हुने गर्छ ।

तर एचआईभी संक्रमित, मधुमेह भएका र प्रतिरक्षा प्रणाली कमजोर व्यक्तिमा जोखिम बढी हुन्छ । समयमै उपचार नपाए ज्यान जाने सम्भावना उच्च रहने चिकित्सकहरू बताउँछन् ।

बच्ने उपाय

जेईबाट बच्न लामो बाहुलाको लुगा लगाउने, घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिम प्रयोग गर्ने र पानी जम्न नदिने उपाय अपनाउनुपर्छ ।

साथै सुँगुर, हाँस लगायत पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More